…. त्यसपछि रात’भर उ मेरो काँधमा निदाई..

पोख:राबाट बुटवल सम्मको रात्रीबसमा उ मेरो सा’थमा थिई। रातको चिसोमा बसले ईन्जिन तताउदै गु’डिरहेको थियो । एक घण्टाको रफ्तारमा उ र म मौन थियौ । त्यसपछि समान्य कुराकानी पछि दुबै आ आफ्नै सुरमा थियौ। पो:खरा फुपुको घरमा आ’एकी रे घुम्न। नाम `रश्मी रहेछ।

राती करीब एघार बजे बस खा’ना खाने ठाउमा रो’कियो। सबै जना ओर्लि’ए तर उ ओर्लिन। ‘तिमी खाना नखाने ? (मैले सोधे । नाई म यात्रामा खदिन भनी उसले। म हात धोएर रिसेप्सनमा खानाको कुपन लिन गए । पछाडी खल्ती’बाट पैसा निका’लेर पैसा दिन लाग्दा प’र्सको बीटमा र ग त जस्तै रातो लागेको देखे।

म झ’स्कि ए अनी पछा’डीको खल्तीमा हात लगेर छामे। बाक्लो जिन्समा र’ग’त’का दागहरु लागेको पाए। हतार हतार दौ’डिदै म बसमा गए र मेरो सीटमा के भए’को छ भनेर हेर्न।

सीटमा पुग्दा उ रु’दै सीट पु’छिरहेकी थिई। ड’रा’एकी अनी आ’त्ति’एकी थिई। ‘के भयो तिमीलाई ? किन रो’ए’की ? तिमीलाई चो’ट लागेको छ ? यो र’ग’त कसरी ? मेरो पाईन्टको पछाडी समेत लागेछ’

मैलै यती सोधेपछि ‘म पिरियडमा छु दुई घण्टा अघीदेखी। एक हप्तापछि हो मिती त,तर बसको यात्राले गर्दा…म संग कुनै तयारी थिएन । ‘रु’दै थिई बिचरी,मैले झोलाबाट टाबेल झिकेर बे’र्न लगाए अनी त्यही खाना खाने होटेलको बाथरुममा फ्रेस हुदै गर म तिम्रो लागी प्याड किनेर आउछु भनी निस्किए । रातको साढे एघार बजी सकेको थियो। सबै यात्रु खाना खाइसकेका थिए। उ र म भोकै थियौँ ।

नजिकैको मेडि’कलमा गएर मैले एक प्या’क स्यानिटरी प्याड कि’निदिए र उसलाई दिए। कपडा राखेको झोला सबै बसको छतमा रहेछ,सहचा’लक भाईलाई फ’काएर उसको कपडा निका’लेर दिए । उ अब आ’सु पुछेर मुस्कुराई । समोसा,चाउचाउ र चटपटे किनेर हामी बसमा चढ्यौं । उ लजाएकी थिई तर म उस’लाई अप्ठ्यारो मह’सुस गराउन चाहन्न थिए ।

दुई बटा समोसा र चटपटे खाई उसले,भोका’एकी रैछे। त्यसपछि रातभर उ मेरो काधमा नि’दाई । बिहान बस बुट’वलमा रोकियो । उ आफ्नो गन्त’ब्य म आफ्नो गन्तब्य ।

छुट्नु अघी भाबुक र प्रेमिल नजरले हेरेर मुस्कुराउदै धन्यबाद भनी । ‘मिल्छ भने हजुरको मोबाईल नम्बर दिनु न।’ यस्तै भन्दै अ’ड्’कि’रहेकी थिई उ।मैलै मेरो मोबाईल नम्बर ‘दिएर आफ्नो बाटो लागे। पाच दिनको ब’साईपछि म घर फर्किए।

त्यस’पछिका दिन’हरुमा हरेक महिनाको एक दिन उसले फोन गरेर भन्छे(‘तपाईको टावेल म संगै परेछ,फि’र्ता गर्नु पर्ने। त्यस दिनको लागी धन्यबाद हजुरलाई ।

यो सामग्री सामाजिक सञ्जा’लवाट कपि ग’रिएको हो । लेखकको नाम उल्लेख नभएका कारण हामीले पनि लेखकको नाम बिना नै राखेका छौं । यो सामग्री हामीले ताजा खबर बाट लिएका हौं । (साङ्केतिक तस्बिर)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय