latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

मधेश प्रदेशमा सर्पदंशको बिगबिगी

जनकपुरधाम, २० साउन

मधेश प्रदेशका जिल्लामा गर्मी र वर्षायामा कारण सर्पदंश बढेको छ । अधिकगर्मी र वर्षाको पानीले दुलोहरू पुरिएपछि विषालु सर्पहरू बाहिर निस्किने गरेकाले सर्पदंशको घटनाको वृद्धि भएको छ । प्रादेशिक अस्पाताल जनकपुरमा औसत रुपमा दैनिक ६ जनाको दरले सर्पदंशका विरामी उपचारको लागि आउने गरेका छन् ।

प्रादेशिक अस्पताल जनकपुरका इमरजेन्सीमा कार्यरत चिकित्सक डा.मुकेश यादवका अनुसार सर्पदंशका विरामी दैनिक ५ देखि ६ जनाको दरले उपचारको लागि आउने गरेका छन् । गत असार महिनामा १५० जना सर्पदंशका विरामी उपचारको लागि आएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ ।

तराई मधेशका जिल्लाहरूमा प्रत्येक वर्ष जेठदेखि असोजसम्म विषालु सर्पको बिगबिगीहुने गरेको र यी महिनाहरूमा सर्प दशंकका बिरामी बढी आउने गरेका डा. यादवले बताए ।

प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि आउने अधिकांश संर्पदंशका बिरामी निको भई घर फर्किने गरेको उल्लेख गर्दै डा.यादवले भने, ‘उपचारका लागि समयमै आउने अधिकांश विरामी निको हुन्छ । तर, समयमा स्वास्थ्य उपचार नगराई धामी झाक्रीकहाँ झारफुकको लागि जाने र बिरामीको अवस्थानाजुक भएपछि मात्रै आउने बिरामीलाई उपचार गर्न हामीलाई कठिनाइ हुन्छ ।’

गाउँघरमा अझै पनि विभिन्न अन्धविश्वासका कारण सर्पदंशका बिरामीलाई धामीझाँक्रीकहाँ लगिने गरेको घटनाहरू हुदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय