latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

‘सम्झना बिर्सना’ पनि भारतमा प्रदर्शन हुने

काठमाडौं, २० साउन

नेपालपछि प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ अब भारतका सहरमा प्रदर्शन हुने भएको छ । गत असार ३१ गते नेपालभरका हलमा प्रदर्शन भएको फिल्म ९ सेप्टेम्बरबाट भारतका दर्शकमाझ पुग्न लागेको हो ।

निर्माता अद्धितीय प्रधानले ‘सम्झना बिर्सना’ पहिलो चरणमा ९ सेप्टेम्बरमा दार्जिलिङ, सिक्किम, सिल्गुडी, जय गाउँलगायतका स्थानका हलमा प्रदर्शन हुने तयारीमा रहेको जानकारी दिए ।

‘हामी चरण चरणमा गरेर फिल्म रिलिज गर्दैछौँ,’ दार्जिलिङबाट उनले भने, ‘दोस्रो चरणमा ७ अक्टोबरमा असाम, उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा रिलिज हुदैछ भने तेश्रो चरणमा २१ अक्टोबरमा बाँकी सहरहरूमा प्रदर्शन गर्दैछौ ।’

उनले भारतमा नेपाली फिल्मको बजार राम्रो रहेको तर अधिकांशले यथोचित तवरले प्रदर्शन गर्न नजानेको बताए । ‘भारतमा नेपाली फिल्मको मार्केट एकदम राम्रो छ । तर, हामीले सही बजार खोज्न सकेका छैनौँ,’ उनले आफू नेपाली फिल्मको बजार विस्तारका लागि दीर्घकालीन सोचका साथ ‘सम्झना–बिर्सना’मार्फत अघि बढेको सुनाए ।

निमेष प्रधान निर्देशित फिल्म भारतका हलमा नेपाली भाषामै तर अंग्रेजी सबटाइटलका साथ प्रदर्शन गरिँदै छ । ‘हामीले प्रारम्भिक रुपमा नेपाली भाषी दर्शकलाई नै लक्षित गरेका छाैँ,’ निर्माता प्रधानले भने, ‘त्यसैले नेपाली भाषामै रिलिज गर्न लागेका हाैँ । नेपाली नबुझ्नेहरूका लागि भने अंगे्रेजी सबटाइटल राखेका छौं ।’

रेबिका प्रधानको निर्माण र निर्देशक निमेषकै लेखन रहेको फिल्मले नेपालमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा, सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणा मुख्य भूमिकामा छन् ।

दार्जिलिङ, सिलगुढी तथा सिक्किमका रमणीय स्थानमा खिचिएको फिल्ममा शिव ढकालको छायांकन, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी तथा अर्जुन पोखरेल र निमेष प्रधानलको संगीत छ । प्रेम गीत–३ पनि २३ सेप्टेम्बरमा भारतका हलमा प्रदर्शन हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय