latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

सप्तकोशी बाढीले डुबानमा फसेका २ हजार ४०० परिवारको उद्धार

उदयपुर, १९ साउन

उदयपुरको बेलका नगरपालिका– ८ डुम्रीबोटे लाहुरे खोँचबाट सप्तकोशीले धार परिर्वतन गरेर पश्चिम तटीय क्षेत्रका गाउँमा पसेपछि प्रभावित भएका २ हजार ४०० घर परिवारको उद्धार गरिएको छ ।

बाढीमा फसेका बेलका नगरपालिका– ३ र बराह क्षेत्र नगरपालिकाका ६ र ९ का २ हजार ४०० घरधुरीलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना स्थानीयवासीको सहयोगमा ५ वटा बोटबाट उद्धार गरिएको सशस्त्र प्रहरी बल ५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कृष्णराज अधिकारीले जानकारी दिए ।

Avatar

बुधबार बिहानदेखि साँझसम्म उद्धार जारी राखेर उद्धार गरिएकाे उपरीक्षक अधिकारीको भनाइ छ । कोशी बुधबार बिहान फुटेकाले गर्दा उद्धार गर्न सहज भएकाे र मानवीय क्षति हुनबाट जाेगाउन सफल भएकाे उनले बताए ।

कोशी पस्न सक्ने भएकाले अघिल्लो दिन नगरपालिकाले सबै वडामा माईकिङ गरि सुरक्षित स्थानमा जान आग्रह गरेकाले पनि मानवीय क्षति नभएको नगर प्रमुख अशोक कार्कीले बताए । बाढीबाट करिब २५ हजार मानिस प्रभावित भएको उनको भनाइ छ । स

सप्तकोशीले कटान गरेपछि सुनसरीको बराह क्षेत्र नगरपालिका, उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही बस्ती प्रभावित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय