latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

दोब्बरले बढयो खोटाङमा सबन्धबिच्छेद गर्नेको संख्या

खोटाङ, १९ साउन

खोटाङ जिल्लामा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या दुई वर्षको अन्तरालमा दोब्बर मात्राले बढेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७८/७९ मा सम्बन्धविच्छेद गर्नेहरू संख्या दोब्बरभन्दा बढी मात्राले बढेका हुन् ।

जिल्ला अदालत खोटाङले उपलब्ध गराएको तथ्याङ्कअनुसार आव २०७६/७७ मा ७० वटा मुद्दा परेकोमा ३५ वटा मुद्दा फछ्र्योट भएको थियो भने आव २०७७/७८ मा सम्बन्धविच्छेद गर्ने भन्दै १ सय ६ जनाले मुद्दा दर्ता गराएका थिए, जसमध्ये ३४ वटा अदालतवाट फछ्र्योट भईसकेका छन्् ।

आर्थिक बर्ष २०७८/७९ मा सो सङ्ख्या ह्वात्तै बढेर १ सय ८४ वटा मुद्दा दर्ता भएको जिल्ला अदालत खोटाङले जानकारी दिएका छ, जसमध्ये हालसम्म १ सय ३८ मुद्दा फछ्र्योट भईसकेको छ ।
जिल्ला अदालतमा गत आर्थिक वर्षमा सबैभन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा आएको प्रशासन शाखाका नासु सोनाम श्रेष्ठले जानकारी दिएका छन ।

उनका अनुसार सबन्ध बिच्छेदका मुद्धा लिएर अदालत आउने अधिकांश महिलाहरु रहेका छन । खानलाउन नदिएको, मादकपदार्थ सेवन गरेर आउने, आन्तरिक घर झगडा, घरेलु हिंसाका कारण देखाउँदै महिलाहरुले सम्बन्धविच्छेदका म ुद्धा दर्ता गराउने गरेका छन ।

बैदेशिक रोजगारीमा गएका घरमा पनि सबन्धबिच्छेदको मात्रा बढन थालेको जिल्ला अदालत खोटाङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय