सञ्चारकर्मी रबि लामिछाने २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् ।रवि लामिछानेले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम चलाउँथे। उनी भर्खरै मात्र उक्त टेलिभिजन बाट बाहिरिएका छन् । उनी आफै नयाँ टेलिभिजन खोली पुरै टिभि कार्यक्रम जनताप्रति समर्पित गर्ने अठोटका साथ तयारी भइरहेको बताइएको छ ।\

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । उनले गरेका कामहरु उदाहरणिय छ । उनको साथमा करौडौ जनता छन् । उनी नेपाली युवाको आइडल मानिन्छन् ।

रवि लामिछानेको जीवनको आरोह-अवरोह – ५ सेप्टेम्बर सन् १९७४ मा भक्तपुरको बागेश्वरीमा जन्मि’एका रवि लामिछाने किशोराव’स्थामै कार्यक्रम चलाउँथे । दाजु हरि’शरण लामिछाने रेडियो नेपालका समाचा’रवाचक हुनुले उनमा आवा’जको दुनियाँमा काम गर्ने प्रेरणा मिलेको थियो । तर, उनी देशभित्र लामो समय बसेनन् । मिडि’यामा काम गरिसकेका उनी मिडियामै काम गर्नेगरी स्व’देश फर्किए । गिनिज बु’कमा नाम लेखाउने देखि जनताको स’मस्या उठाएर च’र्चामा आए । चर्चा’सँग पटक पटक विवादमा आएका उनी हिरास:तसम्म पुगेर धरौ’टीमा रिहा भए । उनको आरो’ह र अवरो’हले भरिएको जीवन यस्तो छः

रवि लामिछानेले आफ्नो प्रार’म्भिक शिक्षा भृकुटी माध्यमिक विद्यालयबाट लिए । एसएल’सीमा प्रथम श्रेणीमा उत्तीर्ण भएका उनी प्रतिभा’शाली छात्रका रुपमा चिनिन्थे । विद्यालय जीवनमा साहित्य र कलामा समेत लागेका थिए । विद्यालय जीव’नपछि उच्च अध्य’यनको लागि रत्न राज्य लक्ष्मी क्याम्प’समा भर्ना भएका थिए । तर, आइ’एभन्दा माथिको अध्ययन गर्न सकेनन् । त्यसपछि उनी अमेरिका बसाईँ सरे । संयु’क्त राज्य अमेरिकाको बसा’ईमा फास्ट–फूड चेन जस्ता विभिन्न क्षेत्रमा व्यवस्था’पकको रूप’मा काम गरे । बोल्न सिपालु र आक’र्षक जीउडाल’का उनी त्यहाँ पनि नेपालीहरुमाझ लोक’प्रीय थिए ।

 

रवि लामिछानेको व्यक्तिगत जीवन’का सुख दुःख उत्तिकै रोचक छ । विद्यालय जीवनमै प्रेममा परेका थिए लामिछाने । उनले आफ्नै स्कुल जीवनकी प्रेमि’का इशा लामिछानेसँग किशोरा’वस्थामै विवाह गरेका थिए । उनीहरुका दुई छोरी पनि छन् । सन् २०१८ मा उनीहरुले २५ वर्षको वैवाहिक सम्बन्धको अन्त्य गरे । यसले निकै चर्चा पायो । रवि र इशा’बीच मिडियामा जुहा’री जस्तै पर्यो । सँगै जिउन कसम खाएको जोडीले २५ वर्षको वैवाहिक जीवन अन्त गर्नुमा एक अर्का’लाई दो’षी देखाए । रवि स्वेदश फर्किए, इशा अमेरिकामै बसिन् ।

रविसँग अमेरिकाको ग्रीनकार्ड भएको विषय बाहिर समेत आएको थियो । तर, उनले पछि ग्रीन’कार्ड त्या’गेको घोष’णा गरे । उनी सन् २००७ देखि २०१७ सम्म अमेरिकी नागरिक रहेको तथ्य भेटिन्छ । एक द’शक अमेरिका बसाईँपछि फर्किएपनि उनले ग्रीन’कार्ड छाडेका थिएनन् । यो विषय बाहिर आएपछि उनले ग्रीनकार्ड त्यागेको घोष’णा गर्दै नेपाली हरियो पासपोर्टमा विदेश यात्रा गरेको सार्वजनिक गरेका थिए ।

२०१९ मा रविले चलचित्र विका’स बोर्डकी पहिलो महिला अध्यक्ष निकिता पौडेलसँग विवाह गरे । निकिता पनि पारपाचुके गरेर बसेकी थिइन् । उनको पनि छोरी छिन् । दुवैजनाले मन मिलेप’छि विवाह गरेका थिए । दुवैले अदा’लती विवाह द’र्ता गरी हिन्दु परम्परा अनुसार विवाह गरे । यो विवाह नेपालमा भएको चर्चित विवाहमध्येको हो । निकिता चलचित्र निर्माता तथा राष्ट्रिय प्रजा’तन्त्र पार्टीका नेता उद्धव पौडे’लकी छोरी भएकीले पनि विवा’हले चर्चा पायो ।

रवि लामिछाने जो’खिम मोल्ने सेलि’ब्रिटी हुन् । उनले २०१३ अप्रिल ११ देखि १४ सम्म टिभीमा लगातार ६२ घण्टा १२ मिनेट टक शो चलाएर विश्वमै सबैभन्दा लामो समय कार्य’क्रम प्रस्तुत गरेर गिनिज बुकमा नाम लेखाए । बुद्ध वाज बर्न इन नेपाल शिर्षकमा टक शो चलाएर रवि चर्चामा आए । सिधा कुरा प्रधानमन्त्रीसँग चलाएर चर्चा बटुलिसकेका उनलाई गिनिज बुकमा नाम लेखाउने टक शोले लो’कप्रिय बनायो । त्यसपछि सिधा कुरा जनता’सँग कार्यक्र’मले लोकप्रीयताको शिखरमा पुर्यायो ।

रविले “सिधा कुरा जनता सँग” भन्ने न्यूज २४ मा आफ्नो टेलिभिजन शो चलाउँदै आएका छन् । यो कार्यक्रम लोकप्रिय छ । यस शो मार्फत, उनले समाज, देश र व्यक्तिहरू सम्बन्धी वास्तविक तथ्यहरू देखाएर सरकारी निकाय र मानिसहरूलाई सचेत र सतर्क गराउँदछन् । कार्यक्रमका कतिपय विषयवस्तु विवादमा पनि आउने गर्छ ।

जासुसी तरिकाले खोजी समाचार पस्केर रविले धेरैको ध्यानाकर्षण गराए । मूलधारको पत्रकारिताभन्दा भिन्न शो चलाएर रवि धेरैका प्रिय भए । बहुमुखी प्रतिभा भएका रवि गीत लेखनमा पनि सुनिएको नाम हो । उनको लोकप्रीय गीतहरु नविन भट्टराई र रामकृष्ण चित्रकार जस्ता कलाकारले गाएका छन् ।

यो वर्ष रवि लामिछानेका लागि चुनौतीपूर्ण रह्यो । आफ्नै पूर्व सहकर्मी शालिकराम पुडासैनीले आ त्मह त्या गर्नु अघि भिडि’यो बाहिर आयो । जसमा रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्की’का कारण आ त्मह त्या गरेको भनिएको छ । यसैका आधारमा प्रहरीले तीनैजनालाई आ त्मह त्याको दुरुत्सा’हनमा पक्रा’उ गर्यो । रवि लामिछाने प’क्राउ घट’नाले देशभित्र र बाहिर समेत चर्चा पायो । रवि लामिछानेलाई अदालतले धरौटी’मा छाड्न आ’देश दियो ।

रवि लामिछाने का पुराना भिडियो र फोटो हरु सामाजिक सञ्जालमा त्यति पाइँदैनन् । अमेरिका छँदै कान्तिपुर टेलिभिजन मा पवनकली ले तयार पारेको यो रमाइलो भिडियो…. . भि’डियो हेर्न यहाँ थिच्नु’होस्

प्रतिक्रिया

सम्बन्धित खवर