latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

सप्तकोसी नदीको बाँध फुटेपछि चार हजार परिवार उच्च जोखिममा
सुधा देव/ न्युज कारखाना
सप्तरी, १८ साउन

अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका- ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध बुधबार फुटेपछि चार हजार घरपरिवार उच्च जोखिममा परेका छन्।

बिहानैसप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका वडा नम्बर २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका-६ डुबानमा परेको स्थानीयले बताए। बाँध फुटेर गाउँ पस्दा क्षति भए पनि यकिन तथ्यांक आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।

बेलका नगरपालिकाले बस्ती छाड्न सोमबारै माइकिङ गरेकाले मानवीय क्षति नहुने यादवले बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीयले उद्धारको काम गरिसकेको उनकाे भनाइ छ । काेसीको पूरै भंगालो नपसे पनि बाढी ओभरफलो भएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत कोसी ब्यारेजका बाँकी ढोका खोल्न आग्रह गरिएको बताइएको छ।

नदी कटानले बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिकाका चारवटा वडाका दर्जन बढी गाउँका बासिन्दा उच्च जोखिममा रहेको स्थानीयबासीकाे भनाइ छ ।

सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्ने गरेकोले बर्खामा नदीले वर्षेनी जनधनको क्षति गर्दै आएको छ।
उदयपुरको बेलका नगरपालिका- ८ को लाहुरे खोचमा सप्तकोसी फुटेपछि सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्षका चार हजार घर परिवार उच्च जोखिममा परेका छन् ।

सप्तकोसीले नयाँ मार्ग बनाए त्यहाँ बसोबास गर्ने चार हजार घर परिवार विस्थापित हुनुका साथै ठूलो जनधनको क्षति हुन सक्ने स्थानीयको भनाइ छ। सप्तकोसी कटानले गर्दा बराह क्षेत्र नगरपालिका-६ चिलिया टप्पुमा रहेको बालसेवा आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, कौशिका आधारभूत विद्यालय बेलका नगरपालिका-३ तर्फ सरस्वती आधारभूत विद्यालयसहित दुईवटा स्वास्थ्य संस्था विस्थापित भइसकेका छन् ।

कञ्चनरूप नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ताले अविरल वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेकाले सप्तरीको कञ्चनरूप नगरपालिकाका वडा नम्बर १,२,४,५,६ र र १० उच्च जोखिममा रहेकाे बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय