मेरो श्रीमान् माल्दिभ्समा हुनुहुन्छ ।

उहाँलाई वि;दाइ गर्दा मैले घर व्यवहार म मिलाउँछु चिन्ता नर्गनु भनेको थिएँ ।

स’म्बन्ध भनेको विश्वास त हो नि उहाँलाई मैले घर सम्हाल्छु भनेर विश्वास दिलाएर पठाएँ पछि त मैले आफ्नो जि’म्मेवारी पूरा गर्नै पर्‍यो ।घर व्य’वहार राम्रोसँग चलाउने तरिका नजान्दासम्म सजिलो चाहिँ हुदो रहेनछ |

श्रीमानले विदेशमा कमाएको त जोगाउन पर्छ भन्ने भएपनि जोगाउने तरिका नजान्दा भने जस्तो भएको थिएन ।चार महिना अघि गाउँमा विदेशमा हुनेका परिवारलाई वि;त्तीय साक्षरताका कक्षा सञ्चालन हुने भयो ।

कक्षामा आम्दानी र ख’र्चको व्यवस्थापनका साथै विभिन्न व्यवहारिक ज्ञान सिकाइन्छ भन्ने कुरा सुनें ।त्यसपछि म पनि यो कक्षामा बसें ।

यो कक्षामा बसेपछि मैले आम्दानी के हो र ख’र्च के हो भन्ने कुरा बुझें ।आम्दानी र खर्च व्यवस्थापन गरेर कसरी बचत गर्ने भन्ने कुरा पनि सिकें ।मसँग आम्दानीको स्रोत त केही थिएन ।

त्यपछि मैले आम्दानीको बाटो खोजें । माइतीमा आमा बुवाले टिका लगाएर दक्षिणा दिएको पैसा पनि जोगाउन थालें । श्रीमानले खर्च गर भनेर पठाएको पैसा पनि धेरथोर बचाउन थालें ।त्यसरी बचाएको पैसाले एउटा बाख्रा किनेको छु ।

अब विस्तारै बाख्रा थप्दै जाने मन छ । खेतबारीमा तरकारी खेती पनि बढाउन थालेका छौं । परिवारका सबै सदस्य मिलेर तरकारी खेती गर्छौं ।

सिजनको बेला त राम्रै आम्दानी पनि हुन्छ ।

तरकारी खेतीले घरख;र्च पुर्‍याउन पाए विदेशमा कमाएको बच्थ्यो भन्ने लाग्छ ।

वित्तीय साक्षरताको कक्षामा बसेपछि त मैले श्रीमानसँग फोनमा बोल्दा हुने ख’र्च पनि घटाएको छु ।पहिले महिनाको ७ सय ख;र्च गर्दो रहेछु ।

अहिले यसलाई घटाएर तीन सयमा झारेको छु । यसको मतलब नबोल्ने भन्ने होइन तर कसरी व्यवस्थापन गर्ने भन्ने कुरा जान्दा सजिलो हुँदो रहेछ ।कक्षामा बसेपछि त मलाई खर्च घटाएर बचत चाहिँ कसरी गर्ने भन्ने कुरा मात्र लाग्छ ।

आ’नावश्यक खर्च गर्ने बानी छाडेर राम्रो ठाउँमा बचत गर्न सिकेको छु । बालबच्चा ठूला हुँदैछन् ।उनीहरुलाई पनि पढाउन बढाउन पर्‍यो । घर बनाउनु पर्‍यो ।

हामीले खर्च गर्दा भविष्यलाई सोचेर गर्नुपर्ने रहेछ । कक्षामा बसेर यस्ता कुरा सिकेपछि मैले आफूलाई सुधारेको छु । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय