latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

मुगुमा ३२० बोरा नुन डिपो कार्यालयबाटै गायब
खड्क सुनार/
मुगु १७ साउन

सरकारले मुगुको लागि प्रदान गरेको नुन बिक्री वितरण नहुँदै डिपो कार्यालयबाटै गायब भएको छ । सरकारले मुगुको लागि दिइएको ३२० बोरा (१५९ क्विन्टल) अनुदानको नुन वितरण नहुँदै सदरमुकाम गमगढी बजारमा रहेको डिपो कार्यालयबाटै गायब भएको हो ।

ढुवानीकाे जिम्मेवारी पाएकाे रारा छायाँनाथ एयर काग्रो एण्ड ढुवानी सेवाले ल्याएकाे २ हजार ७०० क्विन्टलमध्ये १५९ क्विन्टल (३२० बोरा) नुन गमगढी स्थित साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड डिपो कार्यालय मुगुबाट हराएको ठेकेदारको दाबी छ ।

आर्थिक बर्ष २०७८/०७९ को लागि पहिलो पटक १५ सय क्विन्टल र दोस्रो पटक १२ सय क्विन्टल गरी कुल २ हजार ७०० क्विन्टल नुन नेपालगञ्जदेखि साल्ट ट्रेडिङ्ग लिमिटेड डिपो कार्यालय मुगुलाई बुझाएको रारा छायांनाथ एयर कार्गो एण्ड ढुवानी सेवाका सञ्चालक रामचन्द्र भामले बताए ।

उनका अनुसार डिपो कार्यालय मुगुमा साल्ट ट्रेडिङलाई ठेकेदारको सम्झौताअनुसारको नुन पुर्‍याएकाे ठेकेदार भामले दाबी गरेका छन् । मुगु डिपोका प्रमुख खगेन्द्र कार्कीले नुन नआइपुगेको भन्दै मौज्दातमा नराखी १५९ क्विन्टल नुन बिक्री गरी गायब बनाइएको ठेकेदारको आरोप छ । प्रमुख कार्कीले उक्त नुनको हिसाब नै नदेखाई बिक्री गरेको ठेकेदारको आराेप छ ।

ठेकेदारका अनुसार हरेकपटक नुन ढुवानी गरेर गमगढी पुर्‍याएपछि प्रमुखलाई नुन बुझ्न खबर गर्दा डिपो प्रमुखले श्रीमती विद्या मल्ल कार्कीलाई पठाउने गरेको भामले बताए । उनले भने, ‘नुन बुझ्ने श्रीमतीले हाेइन , डिपो प्रमुखले बुझ्नुपर्छ । चलानी बुझाइ अन्य कागजात माग्दा अर्कोदिन दिन्छु भनी डिपो प्रमुख कार्कीले आलटाल गर्ने र अहिले अन्तिममा आएर नुन नै ठेकेदारले नल्याएको भनेर आफु पन्छिन खोजेका छन् ।’

ठेकेदार भामले प्रमुखले आफूबाट एक लाख रुपैयाँ घुस खान खोजेको र आफूले दिन नमान्दा एक गाडी नुन नै गायब बनाइदिएको प्रमुख आरोप लगाएका छन् । नेपालगञ्ज साल्ट ट्रेडिङ लिमिटेडदेखि चलानी गरी सातपटक नुन ढुवानी गरी मुगु डिपोलाई प्रशासन प्रतिनिधिको रोहबरमा बुझाइएको सबै कागजात प्रमाण हामीसँग हुँदा पनि कार्यालय प्रमुख कार्कीले नुन नपुगेको गाडी रोकिदिएको जनाइएको छ ।

प्रादेशिक कार्यालय नेपालगञ्ज साल्ट ट्रेडिङबाट गत ८ चैतमा नुन बोकेर मुगु हिँडेको भे १ ख ३६९० नम्बरको सवारी १२ चैतमा मुगुको भुलभुले चेक पोष्टमा सि.नं ३३ मा इन्ट्री दर्ता भइ १३ गते आइतबार दिउँसो साल्ट ट्रेडिङ मुगु डिपोका प्रमुख खगेन्द्र कार्कीकी श्रीमती विद्या मल्ल कार्कीलाई जिल्ला प्रशासन कार्यालय मुगुका प्रतिनिधिको रोहोबरमा बुझाएको ठेकेदारका प्रतिनिध पुलिनिन्द बुढाको भनाइ छ ।

साल्ट ट्रेडिङ मुगु डिपोका प्रमुख खगेन्द्र कार्कीका अनुसार ठेकेदारले कार्यालयलाई नुन बुझाएका छैनन् । ठेकेदार भामले लगाएको यो सबै आरोप निराधार रहेकाे कार्कीकाे भनाइ छ । यस वर्ष मुगुको लागि दुई हजार ७०० क्विन्टल नुन आउनु पर्नेमा दुई हजार ५४१ क्विन्टल मात्र ठेकेदारबाट बुझेको डिपो प्रमुख खगेन्द्र कार्कीले बताए ।

दुर्गम जिल्लातिर आउने नुन, चामलहरू प्रमुख जिल्ला अधिकारीको रोहबरमा प्रमाणित गर्नुपर्ने हुन्छ, त्यसैअनुरुप आफू स्वयं गोदाममै पुगेर एक एक गरेर गन्ती गरी प्रमाणित गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय