latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

वर्षाले उदयपुरको जनजीवन प्रभावित : रिस्कूमा ट्रक बग्यो, कटारीमा डुबान

उदयपुर, १६ साउन

अविरल वर्षाका कारण कटारीको जनजीवन प्रभावित भएको छ । वर्षापछि आएको बाढीले कटारी नगरपालिका–७ रिस्कूस्थित बैजनाथ खोलामा आएको बाढीले एउटा ट्रक बगाएको छ । सोमबारेबाट रिस्कूतर्फ हिँडेको बागमती प्रदेश ००३००१ ख २०६१ नम्बरको ट्रक बगाएको हो ।

बाढी आएपछि खोलाकिनारमा रहेको खाली ट्रक बगाएको स्थानीयले बताएका छन् । रिस्कूतर्फ काठ लिन हिँडेको खाली ट्रक खोलाले बगाएको हो ।

त्यसैगरी वर्षाकै कारण कटारी , ४ को बजार क्षेत्र डुबानमा परेको छ । बजारसँगै सिद्धिचरण लोकमार्गको सडक नै डुबानमा पर्दा आउजाउमा समेत समस्या भएको छ । स्थानीयले घर नै भत्काएर लैजान लागेको बताउँदै नगरमा गुनासो गरेका थिए ।

दिगो ढलनाला व्यवस्थापन नहुँदा वर्षादमा कटारी बजारका पसल तथा घरहरू डुबानमा पर्ने गरेका छन् । डुबानका कारण जनजीवन प्रभावित भएपछि स्थानीय आक्रोशित भएका छन् । कटारीका जनप्रतिनिधिहरूले समस्या समाधानमा चासो नदिएको बताउँदै उनीहरू नगरपालिका पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय