latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त, साढे ५ बजे सपथ

काठमाडौं, १४ असाउन

जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आइतबार अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले आइतबार साढे ५ बजे अर्थमन्त्री शर्माको सपथ कार्यक्रम रहेको जानकारी दिए ।

गत १४ जेठमा बजेट तयार गर्ने क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले पदबाट राजीनामा दिएका थिए । सो सम्बन्धमा प्रतिनिधिसभाले छानबिन गर्न ११ सदस्यीय विशेष छानबिन समिति गठन गरेको थियो ।

समितिले हालै मात्र प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटासमक्ष बुझाएको थियो । जसमा अनधिकृत व्यक्ति प्रवेश नभएको उल्लेख थियो । संसदीय समितिले क्लिन चिट दिएसँगै शर्मालाई पुनः अर्थमन्त्री नियुक्त गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय