latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

रुपातालमाथिको झोलुङ्गे पुल पर्यटकका लागि नयाँ गन्तव्य

पोखरा, १० साउन

पोखराको प्रमुख ताल रुपामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । पर्यटकीय आकर्षणका लागि तालमाथि पुल बनाइएको हो । २ सय ६९ मिटर लामो पुल तालमाथि बनेपछि पर्यटकको आकर्षण तालमा परेको छ । पोखरा महानगरपालिका वडा नम्बर ३१ र रुपा गाउँपालिका वडा नम्बर ६ जोड्ने गरी पुल निर्माण गरिएको हो ।

पुलको उद्घाटन नहुँदै पर्यटकहरू घुम्न जाने क्रम बढेको पोखरा ३१ का अध्यक्ष ढकनाथ कँडेलले जानकारी दिए । भंगारा पचभैया ट्रेल ब्रिज नामाङ्करण गरिएको उक्त पुल गण्डकी प्रदेश सरकारको १ करोड ३६ लाख ९६ हजार लागतमा बनेको हो । ‘तालमाथि झोलुङ्गे पुल यो नै पहिलो होला । अहिले दिनदिनै फोटो खिच्न आउनेहरूको हुल लाग्छ,’ उनले भने, ‘सम्भावना भएर पनि पछाडि परेको रुपा क्षेत्र यही पुलका कारण चहलपहल बढ्ने विश्वास छ ।’

४ वर्षअघि निर्माण सम्झौता भएको पुल कोरोना संक्रमणका कारण रोकिएको थियो । पुल ३ वर्ष ढिलो गरी निर्माण भएको पूर्वाधार विकास कार्यालय कास्कीका इन्जिनियर हरि थापाले जानकारी दिए । २०७६ साल जेठ २१ गते एक वर्ष भित्र निर्माण सक्ने गरी सम्झौता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय