latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

हावाहुरीले खोटाङमा मकै वाली नष्ट
न्युज कारखाना

खोटाङ, १८ असार

वर्षासँगै चलेको हावाहुरीले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा घोगा लाग्दै गरेको मकैबालीमा क्षति पुर्‍याएको छ । शुक्रबार राती वर्षासँगै चलेको हावाहुरीले धानचमर लागेर घोगा बढ्दैगरेको अवस्थाको मकै वाली सोतर पारेको हो । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले लगायतका वडामा हावाहुरीले मकैको बोट ढालेर सखाप बनाएको छ । हावाहुरीले ११ वडा रहेको नगरपालिकाको अधिकांश ठाउँमा क्षति पुर्‍याएको नगरका प्रवक्ता कमल गिरीले बताए ।

जिल्लाभर मुख्य बालिका रूपमा मकै खेती लगाउने गरिएको छ । तर हावाहुरीले उत्पादन दिनै नसक्नेगरी मकैको बोट ढलेको छ । घोगा लाग्दै गरेको अवस्थामा भाँचिएर ढलेको मकै उठाउन नमिल्ने, उठाए पनि दाना नलाग्ने किसान बताउँछन् ।

मकैमा क्षति पुग्दा किसान निराश बनेको दुर्छिमका स्थानीय तामन राई बताउँछन् । हावाहुरीले फलफूल, रुख तथा बाँसका झाङ समेत लडाएको छ । नगर कृषि शाखाका संयोजक सुरज पाण्डेले भने हावाहुरीले मकैमा पुगेको क्षतिको औपचारिक जानकारी नआएको बताए । सामाजिक सञ्जालमार्फत मात्र मकैमा क्षति भएको जानकारी भएको पाण्डेले जनाए ।

दुर्छिमको चुमाखु, रातमाटे लगायतका ठाउँमा लगाइएको मकै वाली हावाहुरीले ढालेर जमिनमा मिलाएको छ । हावाहुरीले अर्खौलेको नवलपुर, पारीगाउँ, फेदीलुबु लगायत अधिकांश वडामा मकै ढालेको वडाध्यक्ष अर्जुन पुरीले बताए । ‘घोगा लागिसकेको मकैको बोट भाँचिएर हेर्नै नसकिने अवस्था भएको छ । घोगा लागिसकेको मकै न उठाउन मिल्छ, न उठाउँदा दाना लाग्छ,’ पुरीले भने, ‘सबैतिरबाट क्षतिको जानकारी आइरहेको छ । विवरण संकलन भइरहेको छ ।’

हावाहुरीले मकैमा पुर्‍याएको क्षतिको विषयमा जताततैबाट गुनासो आइरहेको धितुङका वडाध्यक्ष टेकराज राईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय