latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

लमजुङमा ४० प्रतिशत रोपाई सकियाे
न्युज कारखाना
लमजुङ, १६ असार

लमजुङमा ४० प्रतिशत रोपाई सकिएकाे छ । कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाका अनुसार १५ असारसम्ममा लमजुङमा ४० प्रतिशतसम्म रोपाई सकिएकाे हाे हाे ।

मनसुन छिट्टै भित्रिएकाे र प्रशस्त पानीको सुविधा भएकाले यसवर्ष लमजुङमा रोपाई चाडै सुरु गरिएकाे थियो । लमजुङका ठूला फाँट राइनासटार, धमिलिकुँवा, रामचोकबेँसी, भलाखर्क, चक्रतिर्थ, भोर्लेटार, दुईपिप्ले, सोतीपसल, सुन्दरबजार, परेवाडाँडा, सत्रसयलगायतका स्थानामा मकै पाकेसँगै रोपाई भइरहेको छ ।

यहाँ किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या-२, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र लगायतको उन्नत जातको धान साथै लोकनाथ, गोरखनाथ, यूएस ३१२, मकवानपुर, वर्षे ३००४, मनसुली लगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन् । केन्द्रका अनुसार जिल्लामा १३ हजार दुई सय ५० हेक्टर जग्गामा धान खेती गरिँदै आएको छ ।

https://youtu.be/V6CroBA4TQs

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय