latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

दोर्दीमा घरैपिच्छे खानेपानीका धारा

न्युज कारखाना
लमजुङ, १० असार
लमजुङको दोर्दी गाउँपालिकामा घरैपिच्छे खानेपानीको धारा जडान गरिएको छ ।

दोर्दी गाउँपालिकाले ५ वर्षको अवधिमा १ हजार ९ सय ७२ घरधुरीमा खानेपानीको सुविधा पुर्याएको हो
गाउँपालिकाले ०७४र०७५ सालदेखि हालसम्म ४१ वटा योजना निर्माण गरी १ हजार ९ सय ७२ घरधुरीलाई खानेपानीको व्यवस्था गरेको हो ।
गाउँपालिकाले खानेपानीको सुविधा नपुगेको र खानेपानीका लागि समस्या भएका ठाउँमा खानेपानीको योजना निर्माण गरिएको हो ।

गाउँपालिकाका नागरिकको आवश्यकतालाई मध्येनजर गरी काम गरेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । यसअघि घण्टौ लागेर पानी बोक्नुपर्ने दोर्दीका नागरिक अहिले घरमै धारा आएपछि खुसी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय