latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

भारत र बंगलादेशमा चट्याङ र पहिरोमा परेर कम्तीमा ५९ जनाको मृत्यु

एजेन्सी
नयाँ दिल्ली, ६ असार

भारत र बंगलादेशमा भीषण मनसुनी आँधीका कारण चट्याङ र पहिरोमा परेर कम्तीमा ५९ जनाको मृत्यु भएको बताइएको छ । बाढीबाट लाखौं मानिसहरू अलपत्र परेका छन् । आपतकालीन उद्धारकर्ताहरू प्रभावित व्यक्तिसम्म पुग्न संघर्ष गरिरहेका छन् ।

आगामी दिनमा बाढीको प्रभाव अझै बढ्न सक्ने मौसमविद्ले चेतावनी दिएका छन् । बंगलादेशमा आएको बाढी सन् २००४ पछिकै सबैभन्दा खराब भएको बंगलादेशका अधिकारीहरूले जनाएका छन् ।

पछिल्ला साता आएको निरन्तरको वर्षाले छिमेकीे उत्तरपूर्वी क्षेत्रको ठूलो भूभाग डुबानमा परेको छ । विद्यालयलाई अस्थायी आश्रयस्थल बनाइएको छ भने पानीको बढ्दो बहाबका कारण बिच्छेद बनेका नजिकका समुदायलाई उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।

छिमेकी भारतको आसाम राज्यमा पाँच दिनदेखिको अविरल वर्षापछि आएको बाढीबाट १८ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले बाढीमा परेकाहरूलाई ‘सबै आवश्यक सहयोग र राहत’ उपलब्ध गराउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय