latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

सिक्किममा ‘हेल्लो जिन्दगी’ लाई क्रिटिक्स च्वाइस अवार्ड

न्युज कारखाना
काठमाडौं, ६ असार

एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म ‘हेल्लो जिन्दगी’ ले भारतको गान्तोकमा हालै सम्पन्न गान्तोक इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘क्रिटिक्स च्वाइस’ अवार्ड जितेको छ ।

१६ औं संस्करणको फेस्टिभलमा ‘हेल्लो जिन्दगी’ सहित थुप्रै देशका फिल्म प्रतिस्पर्धामा थिए । जसमध्ये ‘हेल्लो जिन्दगी’ ले न्यारेटिभ फिचर फिल्म विधाअन्तर्गत अवार्ड जितेको हो ।

निर्देशक सूर्य बोहोराले रोयल सोसाइटी अफ टेलिभिजन एन्ड मोसन पिक्चर्सको आयोजनामा सन् २०२१ देखि मासिक रुपमा हुँदै आइरहेको फेस्टिवलमा आफ्नो फिल्मले अवार्ड जित्दा खुसी लागेको बताए ।

युके निवासी अभिनेता तथा निर्माता विक्रम डी जोशीले आफ्नो मेहनत, सोच र प्रस्तुतिले पुरस्कार पाउँदा हर्षित भएको जनाउँदै आगामी दिनमा अझ सुन्दर फिल्ममा अभिनय तथा निर्माण गर्न प्रोत्साहन मिलेको बताए ।

गत वर्षको १८ चैतमा प्रदर्शन भएको फिल्ममा विक्रम डि जोशी, प्रियंका कार्की, दीपिका प्रसाईं, विक्रान्त बस्नेत, विल्सनविक्रम राई, सविता गुरुङ तथा निर्देशक बोहरा स्वयं प्रमुख भूमिकामा छन् ।

युके तथा नेपालमा खिचिएको फिल्मको निर्माता विक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सिर्जना जोशी महर्जन तथा सहनिर्मात्रीमा सबिता गुरुङ छिन् । निर्देशक बोहराकै कथा, पटकथा रहेको फिल्ममा सस्पेन्स प्रेमकथा प्रस्तुत गरिएको छ । महारानी इन्टरटेन्मेन्ट युके र एभरेस्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्म स्वदेशपछि अब विदेशमा प्रदर्शनको तयारीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय