latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

लागूऔषधसहित तीन जना पक्राउ
न्युज कारखाना

काठमाडौं, ६ असार

सिरहामा लागूऔषध र ४३ हजार ५ सय रूपैयाँ नगदसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका-७ बस्ने १८ वर्षका गौतम ठाकुर, भारत मधुवनी जिल्ला, पञ्चायत राजनगर थाना फेरण श्रीपट्टी घर भई लहान बस्ने २१ वर्षीय मोहमद अख्तर र मधुवनीकै ग्राम पंचायत खरियोग थाना पिप्राहीका २७ वर्षीय धर्मेन्द्रकुमार ठाकुर रहेका सिरहाका प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा आइतबार मध्यरात प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीको नेतृत्त्वमा खटिएको प्रहरी टोलीले लहान-८ स्थित मोहमद अफजतले सञ्चालन गरेको आल्मुनियम पसल र लहान-१ स्थित दयाराम ठाकुरको घरमा खानतलासी गर्दा पसल र घरबाट लागूऔषध बरामद गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले फेनारगन, डाइजिल्याव र व्युप्रिनोर्फिन गरी २४ सय १५ एम्पुल, नाइट्राभेट ४८० र स्पामोप्राक्सिभिन ४३२ ट्याबलेटका साथै डाइलेक्स डिसी नामक लागुऔषध ४३९ बोतल बरामद गरिएको जनाएको छ । उनीहरूबाट ज१प ४७५८ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय