latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

सरकारले निरन्तर पेट्रोलियम पदार्थको मुल्य बढाएपछि यातायात व्यवसायीले आफूखुसी गाडी भाडावृद्धि गरेका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले आजैदेखि लागू हुने गरी १५ प्रतिशत भाडा बढाएको छ ।

विधानतः पेट्रोलियम पदार्थको मूल्य बढेपछि भाडा समायोजन यातायात व्यवस्था विभागले गर्नुपर्ने हो । तर, व्यवसायी आफैंले सरकारलाई समेत अटेर गरी भाडा बढाएका छन् । कम्पनीका अध्यक्ष योगेन्द्र केसीले सरकारकै कारण भाडा बढाउन बाध्य भएको बताए ।

‘हामीलाई कुनै रहर छैन । यो हाम्रो बाध्यता हो । बजारमा चरम मूल्यवृद्धि छ । यो अवस्थामा गाडी भाडामात्र सस्तो कसरी बनाउन सकिन्छ ?,’ उनले भने, ‘बन्द हट्ताल गर्नुभन्दा भाडा बढाएर यात्रुलाई सेवा दिनु उपयुक्त ठान्यौं । यसबाट परेको असरप्रति क्षमताप्रार्थी छौं ।’

पृथ्वी राजमार्ग कम्पनीबाट चल्ने सबै गाडीमा भाडा बढेको छ । यसअघि चैतमा पनि कम्पनीले आफुखुसी २० प्रतिशत भाडा बढाएको थियो ।
२०६५ सालमा वैज्ञानिक भाडादर पुनरावलोकन समिति गठन भएपछि उक्त समितिको प्रतिवेदनअनुसार २ भागमा वर्गीकरण गरेर १८ तत्वका आधारमा ६५ प्रतिशत र ३५ प्रतिशत इन्धनलाई आधार बनाइएको छ ।

भाडा निर्धारण र समायोजनका लागि सरकारी समिति भए पनि समयमा काम नगरेका कारण व्यवसायीले कानुनविपरीत आफैं भाडा बढाएको बताएका छन् ।[][]

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय