latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

बैतडीको सिगास गाउँपालिका-८ की विवाहित युवती बेपत्ता भएकी छन् । शनिबार रोपाइँ गर्न भन्दै घरबाट हिँडेकी रमेश बोहराकी १८ वर्षीया श्रीमती सरस्वती बोहरा बेपत्ता भएकी हुन् ।

घरबाट रोपाइँका लागि हिँडेकी बोहरा दिउँसोदेखि बेपत्ता भएको रमेश बोहराले बताए ।

शनिबार साँझ पनि घर नफर्किएपछि बोहराले शिवलिङ प्रहरी चौकीका निवेदन दिएका छन् । प्रहरीका अनुसार आफन्तले दिएको निवदेनको आधारमा खोजतलास भइरहेको छ ।

रमेश बोहराले गत चैतमा कञ्चनपुरबाट भागी विवाह गरेका थिए ।

विवाहित युवतीका माइती पक्षले भने रमेश बोहराले भगाएर लगेको र बोहराकै परिवारले सकुशल खोज्नुपर्ने बताउँदै आएका छन् ।

‘दुई महिना पहिले भगाएर लगेको हो, घरपरिवारमा झगडा पनि हुने गर्दथ्यो, उनीहरूले नै खोज्नुपर्छ,’ बेपत्ता सरस्वतीका बावु बहादुर महराले भने ।[][]

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय