latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

सामुदायिक वनमा ट्रिपर-ट्याक्टर प्रवेशमा निषेध

बर्दिया । बर्दियाको मधुवन नगरपालिका-३ स्थित गौरी महिला सामुदायिक वनभित्र ट्रिपर र ट्याक्टर प्रवेश गर्न निषेध गरिएको छ ।

जैविकमार्गमा रहेको सामुदायिक वन क्षेत्रमा बाघलगायत जंगली जनावरहरुको आवागमन हुने भएकाले उक्त स्थानबाट नदिजन्य पदार्थको ओसारपसार गर्ने साधनहरु निषेध गरिएको हो ।

वन्यजन्तुसँग सम्भावित दुर्घटना हुन नदिन जैविक मार्गमा मानवीय आवतजावतका साथै सवारी साधन आवागमन रोक्ने ब्यवस्था गर्न जिल्ला अनुगमन समितिले निर्देशन दिए अनुसार निषेध गरिएको हो ।

उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज र दक्षिणमा भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष जोड्ने जैविक मार्गलाई संवेदनशील मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय