latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

काठमाडौं । आर्थिक संकटले चौपट बनेको श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्ने उद्देश्यले लगाइएको राष्ट्रिय संकटकाल पाँच दिनमै खारेज गरिएको छ ।

गत शुक्रबार घोषणा गरी लागू गरिएको संकटकाल मंगलबार रातिदेखि खारेज गरिएको हो ।

संकटकाल घोषणा भएको दुई साताभित्रै संसदबाट पारित गर्नुपर्ने प्रावधान अनुसार संकटकाल अनुमोदन नहुने भएपछि राष्ट्रपति गोताबाय राजापाक्षे निर्णय फिर्ता लिन बाध्य हुनुभएको हो ।

संकटकाल लागू गरेर सरकार विरोधी प्रदर्शन रोक्ने प्रयास गरेका राष्ट्रपति राजापाक्षेलाई सत्ता सहयात्री दलहरुले समेत साथ छाडेका छन् भने उहाँको सरकार अल्पमतमा परेको छ ।

राजापाक्षे सरकारका सबै मन्त्रीले राजीनामा दिएपछि सर्वदलीय सरकार गठनका लागि गरिएको आह्वानलाई विपक्षीहरुले अस्वीकार गरिसकेका छन् । संकटकाल र कर्फ्युका बावजुद सरकार विरोधी प्रदर्शन जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय