latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

इलामको फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती राई (सरु) पक्राउ परेका छन् । कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उपाध्यक्ष राईलाई पक्राउ गरेको हो ।

मौसमी कामदार कोरिया पठाउने विषयमा उत्पन्न विवादका क्रममा उपाध्यक्ष राईले फाकफोकथुम वडा १ का कृष्णबहादुर खड्कामाथि मुक्का प्रहार गरेको आरोप छ ।

 

आफूविरुद्ध जाहेरी परेपछि उपाध्यक्ष राईले आफैं प्रहरीसमक्ष पुगेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको छ ।

मौसमी कामदार कोरिया पठाउने विषयमा जनप्रतिनिधि र छनोटमा नपरेका स्थानीय युवाबीच विवाद उत्पन्न भएसपछि उपाध्यक्ष राईले असन्तुष्टमध्येका खड्कालाई कुटपिट गरेको आरोप छ ।

फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच यहाँबाट मौसमी ट्रेनी कामदार कोरिया लैजाने सहमति भएको छ । सहमतिअनुसारका कामदार छनोटमा प्रक्रिया नपुगेको भन्दै युवा असन्तुष्ट भएपछि विवाद उत्पन्न भएको हो ।

कोरिया जान चाहने ४ सय ७७ युवाले युवाले गाउँपालिकामा आवेदन दिएका थिए । तिनीहरूमध्ये १ सय ५ जना छानिने गाउँपालिकाले बताएको छ । आक्रोशित युवाले चैत ४ गते गाउँपालिकाको कार्यालयमा नाराबाजी गर्दै विरोध जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय