latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

माेरङ — स्थानीय तहकाे निर्वाचनमा सुरक्षाका लागि म्यादी प्रहरीमा भर्ना भएर सरकारी जागिर खाने रहर पूरा गर्नेकाे संख्या उल्लेख्य छन् ।

शिक्षामा स्नात्काेत्तर उतिर्ण गरेकी सुन्दरहरैंचा–१२ की ३८ वर्षीया इन्दिरा घिमिरेले दुई जना छाेराछाेरीलाई छाेडेर सरकारी जागिर खाने रहर पूरा गर्न म्यादी प्रहरीमा भर्ना हुन आएकी बताइन् ।

उनी जस्तै कक्षा १२ उतिर्ण गरेकी केराबारी ८ कि ३१ वर्षीया बबिता बस्नेतले पनि सरकारी जागिर खाने रहर पूरा गर्नकाे लागि नै म्यादी प्रहरीमा भर्ना हुन आएको सुनाइन् ।

माेरङमा ३ हजार १ सय २४ आवश्यक म्यादी प्रहरीका लागि ६ हजार ३ सय ७१ जनाले विराटनगरस्थित सहिद रंगशालाकाे खुल्ला आकाशमुनि लिखित परीक्षामा भर्ना भएकाे माेरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए ।

उनीहरूले १ सय पूर्णांकको लिखित परीक्षापछि २० अंककाे माैखिक परीक्षा दिनुपर्ने उनले बताए ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय