latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

इस्लामाबाद — पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पद संकटमा परेको छ । पाकिस्तानमा हाल इमरान खानविरुद्ध प्रदर्शन मात्रै भएको छैन, उनको सरकारविरुद्ध अविश्वास प्रस्ताव नै दर्ता भएको छ ।

यस्तैमा खानकी पूर्वपत्नी रेहम खानले पनि उनको आलोचना गर्दै इमरान खानले सिर्जना गरेको फोहोरलाई सबै मिलेर सफा गर्नुपर्ने प्रतिक्रिया दिएकी छन् । इमरान खान २०१८ मा सत्तामा आएसँगै ‘नयाँ पाकिस्तान’को घोषणा गरेका थिए । तर उनले प्रतिबद्धता गरे अनुसार आधारभूत समस्या सम्बोधन गर्न सकेनन् । मुल्यवृद्धि लगायत समस्या हटाउने सवालमा उनको सरकार असफल बन्यो ।

हाल विपक्षी दलसहित आम नागरिकहरूले इमरान खान नेतृत्वको सरकारको कडा आलोचना गरेका छन् । यस्तैमा खानकी पूर्वपत्नी रेहमले उनलाई इतिहास बनेको भन्दै टिप्पणी गरेकी छन् ।

रेहमले ट्वीटरमा लेखेकी छन्, ‘इमरान इतिहास हुन् । मलाई लाग्छ नयाँ पाकिस्तानले छोडेको फोहोर सफा गर्नका लागि हामी सबै एकजुट हुनुपर्छ ।’ रेहमले इमरानलाई वौद्धिकता र क्षमता नभएको नेताको रुपमा पनि टिप्पणी गरेकी छन् । इमरान खानले राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा आफूले बाल्यकालमा पाकिस्तान महान देखेको जनाएका थिए ।

रेहमले उनको यस्तो अभिव्यक्तिलाई लिएर व्यंग्य गर्दै भनेकी छन्, ‘हो तिमी जतिबेला प्रधानमन्त्री थिएनौ त्यसबेला पाकिस्तान महान थियो ।’ रेहमले ट्वीटरमार्फत् इमरान खानको सम्बोधनमाथि कडा व्यंग्य गरेकी थिइन् । रेहमले यसअघि पनि इमरान खान र उनको सरकारमाथि कडा आलोचना गर्ने गरेकी थिइन् । रेहम इमरान खानकी दोस्रो श्रीमति थिइन् ।

अविश्वासको प्रस्तावका बावजुद पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पदबाट राजीनामा दिएका छैनन् । यद्यपि पूर्व क्रिकेटर खानले ‘अन्तिम बलसम्म खेल्ने’ भन्दै राजीनामा दिएका छैनन् ।

बिहीबार इमरान खानले राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले राजीनामा नदिने अडान लिएका थिए । जवकि खानकै पार्टीका विधायकहरू समेत उनको विपक्षमा देखिएका छन् । उनीहरूलाई खानले विवेक बेचेको भन्दै आक्रोस व्यक्त गरेका छन् ।

‘कसैले मलाई राजीनामा दिन भने, म राजीनामा दिन्छु ? मैले २० वर्ष क्रिकेट खेलेको छु । र म अन्तिम बलसम्म खेल्छु । म कहिल्यै आफ्नो जीवनमा हार मानेको छैन,’ खानले भनेका थिए, ‘तपाईँहरूले देख्नुहुनेछ मतदानपछि नतीजा जस्तो आए पनि म झन् बलियो हुनेछु ।’

बिहीबार उनले आफ्नो सम्बोधनमा पाकिस्तानको हराएको गौरवको कुरा गर्दै आफूले एउटा फरक पाकिस्तान हुर्किरहेको देखेको बताएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय