latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटले राजस्वमा थप दबाब सिर्जना गर्न सक्ने आकलन गरिएको छ । हरेक आर्थिक वर्षमा सरकारले बजेटको आकार बढाउँदै गएको छ र बजेटको आकार बढ्दा राजस्वको लक्ष्य पनि बढ्दै गएको छ ।
राजस्वको लागि आयातकै भर पर्नुपर्ने हुन्छ, किनकि नेपालको कुल राजस्वमा आधाजति योगदान आयातबाट आउने राजस्वको रहेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको फागुन महिनासम्मको तथ्यांकअनुसार ४८.६३ प्रतिशत राजस्व आयातबाट संकलन भएको छ ।

राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई आगामी आवको बजेटका लागि १७ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको सिलिङ दिएको छ । बजेटको स्रोत पूरा गर्न सरकारलाई आयातमा नै भर पर्नुपर्ने देखिन्छ, किनकि १७ खर्ब ४४ अर्ब बराबरको बजेटमा प्रमुख स्रोतका रुपमा १३ खर्ब ५९ अर्ब राजस्व छ । लक्ष्यको आधा आयातबाट आउने भएका कारण सरकारलाई करिब पौने ८ खर्ब आयातबाट प्राप्त हुने राजस्वमा भर पर्नुपर्छ । यसका कारण सरकारले नै आयातलाई प्राथमिकता नदिए सरकारको राजस्व लक्ष्य प्राप्त हुँदैन ।

अर्थ मन्त्रालयले बजेटको स्रोतका रुपमा राजस्व, अनुदान, आन्तरिक र वैदेशिक ऋण प्रयोग गर्ने गरेको छ । त्यसमा पनि पछिल्ला वर्षहरुमा अनुदानको रकम घट्दै गएको देखिन्छ । आन्तरिक ऋणका सन्दर्भमा पनि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले एउटा सीमा तोक्ने गरेको छ । अर्कोतिर वैदेशिक ऋण धेरै हुन थालेको भन्ने आवाज उठिरहेको समयमा बजेटको स्रोतको भार राजस्वमा पर्ने आकलन गरिएको हो । त्यसमाथि पनि नेपालको राजस्व आयातमुखी भएका कारण कतै बढ्दो आकारको बजेटले झनै आयात बढाउने त होइन भन्ने प्रश्न उठ्न थालेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय