latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

काभ्रेपलाञ्चोक कोरोनामुक्त
जिल्लामा चार दिनदेखि गरिएका परीक्षणमा कुनै पनि व्यक्तिमा कोरोना सङ्क्रमण नदेखिएकाले काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको जनाइएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना परीक्षण गरिएको थियो । चार दिनदेखि दैनिक दुई दर्जन हाराहारीमा कोरोनासँग मिल्दोजुल्दो क्षण देखिएकाको परीक्षण गर्दा कसैमा पनि कोरोना सङ्क्रमण नदेखिएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीएमसी)का सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा पुरुषोत्तमराज सेढाईँले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि कोरोना सङ्क्रमणको दोस्रो लहरपश्चात अर्थात् मङ्सिरमा पहिलोपटक जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको थियो ।

सदरमुकाम धुलिखेलस्थित प्रदेश प्रयोगशालामा कोरोना लक्षण देखिएका व्यक्तिको परीक्षण भइरहने सेढाईँले बताउनुभयो । काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् । चार दिनअघि बनेपा नगरपालिकामा रहेका एक कोरोना सङ्क्रमित पुरुष निको भएपछि जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको हो । केन्द्रका अनुसार जिल्लामा हालसम्म दुई वर्षको अवधिमा १७ हजार ५५६ मा सङ्क्रमण देखिएकामा १९५ जनाको मृत्यु भएको थियो । कोरोना सङ्क्रमणको तेस्रो लहरमा जिल्लाका एक पुरुषको मृत्यु भएको हो ।

यसैबीच जिल्लाको मण्डनदेउपुर र पनौती नगरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् । साथै मण्डनदेउपुर नगरले कोरोनाबाट ग्रसित भई भेन्टिलेटरमा उपचार गराएकालाई समेत सहयोग गरेको छ । मण्डनदेउपुर नगरले कोरोनाबाट मृत्यु भएकाको प्रतिपरिवारलाई रु ५० हजार र भेन्टिलेटरमा उपचार गरेकालाई रु २५ हजारका दरले आर्थिक सहयोग प्रदान गरेको हो । कोरोना सङ्क्रमणबाट उक्त नगरका १८ जनाको मृत्यु भएको थियो भने दुई दर्जनभन्दा बढीले भेन्टिलेटरमा उपचार गराएका थिए ।

यस्तै पनौती नगरले पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको प्रतिपरिवारलाई रु २५ हजारका दरले आर्थिक सहयोग प्रदान गरेको छ । नगरमा कोभिड–१९ को सङ्क्रमणबाट १९ जनाको मृत्यु भएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय