बुधबार , जेठ २०, २०८३

सुरक्षाकर्मीको आधारभूत आवश्यकता पूरा गर्नु सरकारको दायित्व : मन्त्री कार्की
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सुरक्षाकर्मीको सुरक्षा गरेमा सुरक्षाकर्मीले आम नागरिकहरूको सुरक्षा गर्न सक्ने हुँदा उनीहरूको गाँस, बास र कपासलगायत आधारभूत आवश्यकतामा ध्यान दिनु सरकारको दायित्व भएको बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा उहाँले सुरक्षार्कीको आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । त्यस अवसरमा मन्त्री कार्कीले जग्गादाता तथा निर्माणकार्यमा सहयोग पु¥याउनुहुने महानुभावहरूलाई प्रशंसापत्रद्वारा सम्मान प्रदान गर्नुभएको थियो । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट रु एक करोड ८८ लाख ८५ हजार ५७७ को लागतमा कार्यालय भवन, ब्यारेक, भान्साघर तथा शौचालयको भवन निर्माण भएको छ ।

कार्यक्रममा प्रदेश नं १ प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले भवनको निर्माणमा प्रत्यक्ष–अप्रत्यक्षरूपमा सहयोग पु¥याउनुहुने सम्पूर्णमा धन्यवाद दिनुभयो । कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी, प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्रलायका सचिव कालीप्रसाद पराजुली, झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, चारआलीस्थित नेपाली सेनाको नयाँ श्रीनाथ गण चारआलीका प्रमुख सेनानी फणिन्द्र थापालगायतको उपस्थिति थियो ।–––

प्रतिक्रिया

सम्बन्धित खवर