latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

रैनादेवी छहरा गाउँपालिकाको भवन निर्माण
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले प्रशासनिक भवन निर्माण गरेको छ । रु तीन करोड २० लाख ६० हजारमा सभाहल सहितको अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण गरी सेवा दिन थालेको छ ।

तीन तल्ले भवनमा पहिलोमा प्राविधिक, शिक्षा, कृषि, पशु, भेटेरीनरी, भण्डारण कक्ष, दोस्रोमा लेखा शाखा प्रमुख, लेखा शाखा, प्रमुख प्रशासकीय अधिकृत र इञ्जिनीयरको कार्यकक्ष छ । तेस्रोमा गाउँपालिका अध्यक्ष, उपाध्यक्षको कार्यकक्ष र सभाहल रहेको प्रमुख प्रशासकिय अधिकृत राजीव पन्थीले बताउनुभयो । भवनमा १९ वटा कोठा छ ।

पाँच वर्षमा विकास निर्माण, कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा गाउँपालिकाले फड्को मारेको पालिका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । स्थानीय तह निर्माणको पाँचवर्ष सकिन लाग्दा कतिपय पालिकाले साविककै संरचनामा सेवा दिएका छन् ।

निर्वाचन अधिकृत नियुक्त

पाल्पाको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश खड्कबहादुर केसीलाई नियुक्त गरिएको छ । पाल्पा जिल्ला अदालतका न्यायाधीश केसी तानसेन नगरपालिकामा रहनुहुनेछ । रामपुर नगरपालिकाको निर्वाचन अधिकृतमा श्यामप्रसाद श्रेष्ठ, निस्दी गाउँपालिकामा दुर्गाप्रसाद बस्याल, पूर्वखोलामा मधु अर्याललाई खटाइने भएको छ । रम्भामा कृष्णप्रसाद भण्डारी, माथागढीमा मिना अर्याल, बगनासकालीमा रवि न्यौपाने, रिब्दीकोटमा टिकाराम अर्याल, रैनादेवी छहरामा टोलराज उपाध्याय र तिनाउमा जनार्दन अधिकारीलाई खटाउने निर्वाचन आयोगले जनाएको छ ।

आगामी चैत २९ देखि जिम्मेवारी लागू हुनेगरी नियुक्त गरिएको आयोगले जनाएको छ । नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन व्यवस्थापन अभिमुखीकरणका लागि ३० चैत गते विराटनगर, धुलिखेल, पोखरा, नेपालगञ्ज तथा वैशाख २ मा जनकपुर, हेटौडा, वुटवल र धनगढीमा तालिम कार्यक्रम तय गरिएको छ ।

निर्वाचन कार्यक्रम अनुरुप उम्मेद्वारको मनोनयन दर्ता, मनोनयनउपर उजुरी लिने, उजुरीउपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरुपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने निर्वाचन अधिकृतको मुख्य जिम्मेवारी रहने बताइएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय