latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

युवालाई सीप लिएर स्वदेशफर्कन शिक्षा राज्यमन्त्रीेको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले विदेशमा उच्च शिक्षा हासिल गर्न गएका नेपाली युवालाई ज्ञान र सीप लिएर स्वदेश फर्कन आग्रह गर्नुभएको छ ।

‘यस नेपाली’ एजुकेशन एण्ड भिसा सर्भिसेजको नेपालस्थित कार्यालयको आज उद्घाटन गर्दै उहाँले दक्षता वृद्धि गरेर विदेशमै पलायन हुनुभन्दा स्वदेशमा फर्किएर समृद्धिका लागि योगदान दिन आग्रह गर्नुभएको हो । राज्यमन्त्री यादवले नेपाल सरकारले हरेक पालिकास्तरमा प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालन गरे पनि सम्बन्धित शिक्षक नपाउने अवस्थाको अन्त्यका लागि जनशक्ति उत्पादन गर्ने संस्थाले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सो संस्थाका कार्यकारी निर्देशक रोशन भट्टराईले अष्ट्रेलियामा विगत छ वर्षदेखि काम गरेको अनुभवका आधारमा नेपालमा उचित परामर्श दिन सेवा केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । सर्भिसेजले विद्यार्थी भिसा, टोफल, आइएलटिएसलगायत परामर्श सेवा दिनेछ । नेपाली विद्यार्थी उच्चशिक्षाका लागि सबैभन्दा बढी जाने गन्तव्य मुलुकमा अष्ट्रेलिया प्रमुख मानिन्छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय