बिहिबार , जेठ २१, २०८३

महालक्ष्मी एल्मुनाई एशोसिएसनको अध्यक्षमा दीपककुमार श्रेष्ठ
लुभूस्थित श्रीमहालक्ष्मी माध्यमिक विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीहरुको सङ्गठन महालक्ष्मी एल्मुनाई एशोसिएसनको तेस्रो साधारणभाले दिपककुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।एशोसिएशनको उपाध्यक्षमा प्रल्हाद विष्ट, सचिवमा ईन्द्रभक्त मास्के, सहसचिवमा प्रकाश खत्री, कोषाध्यक्षमा रिता श्रेष्ठ, तथा सदस्यहरुमा उत्सव केसी, पुष्पराज श्रेष्ठ, इन्द्रकमल श्रेष्ठ, सुरेश बस्नेत, सविता श्रेष्ठ र मदन गौतम निर्विरोध निर्वाचित हुनुभएको छ ।

साधारणसभामा यसअघि पूर्व अध्यक्ष हरिरमण थापाले प्रस्तुत गर्नुभएको आगामी वर्षको कार्ययोजना र कोषाध्यक्ष रिता श्रेष्ठले प्रस्तुत गर्नुभएको आव २०७७।०७८को आयव्ययविवरण पारित गरिएको थियो । उक्त विद्यालयको कक्षा ११का उत्कृष्ठ छात्र निसान्त सापकोटा, र छात्रा देवीमाया वाइवालाई पूर्वविद्यार्थीद्वय भक्त बस्नेत र प्रल्हाद विष्टमार्फत उपलब्ध गराइएको वार्षिक अध्ययन शुल्क र उत्कृष्ठ ग्रेड लिन सफल गराउने उक्त विद्यालय र लुभू माविका शिक्षकलाई नगद पुरस्कार प्रदान गरिएको थियो । यसैगरी रु दुईलाखको अक्षयकोष खडागरी पुरस्कारको व्यवस्था गर्नुहुने पूर्व विद्यार्थी दुर्गालाल श्रेष्ठ र एशोसिएशनलाई भौतिक सामाग्री उपलब्ध गराउनुहुने पूर्व प्रधानाध्यापक पूर्णबहादुर श्रेष्ठका साथै आजिवन सदस्यलाई सम्मान पनि गरिएको थियो ।
ती पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभएका उक्त विद्यालयका पूर्वप्रधानाध्यापक तथा पूर्व सहायकमन्त्री दिनबन्धु अर्यालले मानिसलाई आवश्यक परेको वस्तु दिनसक्ने शक्तिलाई देवाता भनिने चर्चा गर्दै आमा, बाबु र गुरु पनि देवतासरह भएकाले तिनको सम्मान गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले हावा, पानी र वातावरणको प्रदुषणभन्दा पनि ठूलो मानिसको मनको प्रदुषण निवारण गर्न यस संस्थाले पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । साँस्कृतिक र औद्योगिक नगरको रुपमा विकशित लुभूमा आजभन्दा ७४ वर्षअघि स्थापित उक्त विद्यालयअन्तर्गत चार वर्षअघि गठित एशोसिएशनमा हाल ८१ आजिवनसमेत गरी १७५ सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर