latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

ज्येष्ठ नागरिकको गाउँमै निःशुल्क उपचार
स्वास्थ्य कार्यालय बैतडीले ज्येष्ठ नागरिकको गाउँमै निःशुल्क उपचार गर्ने भएको छ । यसका लागि विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।

शिविर यही चैत १६ गते शिवनाथ गाउँपालिकाको सुल्लेखान, चैत १८ गते दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा र यही चैत २० मा सिगासको गाँजरी स्वास्थ्यचौकीमा सञ्चालन हुने जनाइएको छ ।

ती शिविरमा उनीहरुको स्वास्थ्योपचार र औषधि वितरण गरिने जनाइएको छ । शिविरमा अपाङ्गता भएका व्यक्तिको चिकित्सकद्वारा स्तर निर्धारण गरी सम्बन्धित स्थानीय तहमा सिफारिस गरिने उहाँले बताउनुभयो । शिविरमा आएर निःशुल्क स्वास्थ्य जाँच गराउन आग्रह गरिएको छ । यसैबीच जिल्ला अस्पतालमा यही चैत १९ देखि २३ गतेसम्म निःशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ ।

अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञले सेवा दिनेछन् । शिविरमा खुट्टाका पैताला फर्केका, जन्मजात हातखुट्टा बाङ्गिएका, हातमा आगोले पोलेका र हातखुट्टामा अन्य विकृतिजन्य समस्या भएकाको उपचार गरिनेछ ।

नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, स्वास्थ्य कार्यालय र जिल्ला अस्पातल बैतडीको संयुक्त आयोजना शिविर सञ्चालन हुने छ । शिविरमा आएर सेवा लिनसमेत जिल्ला अस्पतालले आग्रह गरेको छ । हाडजोर्नीको समस्या भएर अर्थाभावमा उपचारबाट बञ्चित भएका नागरिकले उक्त सेवा लिन अस्पतालले आग्रहसमेत गरेको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय