latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

मञ्जुलाई ‘मिसेस ब्यूटी क्विन’ को उपाधि
सिजन मिडियाद्वारा आयोजित ‘लेट मि इन मिसेस ब्यूटी क्विन २०७८’ को उपाधि काठमाडौँको गोठाटारकी मञ्जु डोटेलले हात पार्नुभएको छ । बाह्र प्रतियोगीलाई पछि पार्दै उपाधि चुम्न सफल डोटेलले पपुलर र मल्टिमिडिया अवार्डसमेत जित्नुभएको छ ।

शनिबार राति काठमाडौँमा भएको फाइनल प्रतिस्पर्धामा धनगढीकी निरु सिंह फस्ट रनरअप र पोखराकी दुर्गा लामिछाने सेकेण्ड रनरअप हुन सफल हुनुभयो । प्रतियोगितामा सावित्री पाण्डे र सीता पाण्डे क्रमशः थर्ड र फोर्थ रनरअप हुन सफल हुनुभयो भने मीना महर्जनले अर्गनाइजर च्वाइस अवार्डको उपाधि प्राप्त गर्नुभएको छ ।

अन्तिम प्रतिस्पर्धामा निरु सिंहले इलिगेन्स अवार्ड, सविता पोखरेलले ब्यूटिफुल स्किन, सावित्री पाण्डेले भ्युअर च्वाइस, सुमिता तामाङ गुरुङले इनोसेन्ट, दुर्गा लामिछाने र इन्टेलिजेन्स अवार्ड प्राप्त गर्नुभयो ।

यस्तै सविना आले मगरले फेसनेवल, रुपा परियारले मोष्ट ट्यालेन्टेड, सुमित्रा पराजुलीले डिसिप्लिन, सीता पाण्डेले वेष्ट वाक, प्रेरणा सिंजापति बरालले फोटोग्राफिक, मीना श्रेष्ठले वेष्ट पर्सनालिटी अवार्ड प्राप्त गर्नुभएको छ ।

कूल २० प्रतिस्पर्धीमध्येबाट छनोट भएर आएका १२ जना अन्तिम प्रतिस्पर्धामा सहभागी हुनुभएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो । गत फागुनमा १५ बाट सुरु भएको प्रतियोगिताको यो पाँचौँ संस्करण हो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय