latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

पर्यटन प्रवद्र्धनार्थ पनौतीमा ‘साइकिलिङ’को सुरुआत
पर्यटन प्रवद्र्धनार्थ पनौती नगरपालिकाले पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल ‘साइकिलिङ’को सुरुआत गरेको छ । औपचारिकरूपमा आज उक्त साहसिक खेल नगरको १ नम्बर वडास्थित सबैभन्दा अग्लो पर्यटकीयस्थल फुल्चोकीडाँडाबाट २ नम्बर वडाको नागीडाँडासम्म आयोजना गरियो ।

नगरपालिकाको आयोजनामा ‘फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल’मा नेपाल, क्यानाडा र भारतका करिब २०० राइडरले साइकिलिङ गरेका थिए । साइकिलिङको नगर उपप्रमुख गीता बञ्जाराले आज एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । छ किलोमिटर दूरी रहेको उक्त साकिलिङ ट्रेल रुटमा खेल सञ्चालन गर्न पाइनेछ । “यो गन्तव्यमा साइकिलिङका लागि खुला भएको छ, यसका लागि पर्यटन बोर्डले प्रचारमा समेत ल्याइसकेको छ”, बञ्जाराले भन्नुभयो ।

उक्त ट्रेलमा हाइकिङका लागि पनि उपयुक्त रहेकाले राजधानी नजिक रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने नगरप्रमुख भीम न्यौपानले बताउनुभयो । उहाँका अनुसार पनौती धार्मिक, ऐतिहासिक, सांस्कृतिकसँगै ‘एग्रो टुरिजम, एड्भेन्चर टुरिजम’ प्रवेश गरिएको हो । सरकारले यहाँबाट दृश्यावलोकन गर्न सकिने मनोरम दृश्य र भौतिक एवं प्राकृतिक सौन्दर्यका कारण पर्यटकीय गन्तव्यमा समेत समेटेको छ ।

नेपाल पर्यटन बोर्डले गत असोजमा विश्व सम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा रहेको पनौतीको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र प्रवद्र्धनार्थ घुम्ने स्थान र गर्न पाइने गतिविधि प्रचारमा ल्याएको थियो । यसका लागि बोर्डले नगरपालिकाभित्रका ऐतिहासिक सम्पदा एवं पर्यटकीयस्थललाई मान्यता दिँदै पर्चासमेत सार्वजनिक गरेको हो ।

उक्त नगर क्षेत्रका मनोरम पहाड, खेत, हिम–शृङ्खलाहरूको दृष्यावलोकनले आन्तरिक एवं बाह्य पर्यटकलाई आनन्द प्रदान गर्ने मनोरम स्थान रहेको बोर्डले निष्कर्ष निकालेको छ । यस्तै साहसिक पर्यटनका लागि पनौती उपयुक्त स्थान रहेको जनाउँदै नगरमा मनोरञ्जनात्मक कार्य गर्न प्याराग्लाइडिङ, रक–क्लाइमिङजस्ता खेल रहेको बोर्डले जनाएको छ ।

पनौती पर्यटन समितिको सक्रियतामा बोर्डले पनौतीको ऐतिहासिक एवं पर्यटकीयस्थललाई प्राथमिकीकरण गरी प्रचारमा ल्याएको नगरप्रमुख न्यौपानले बताउनुभयो । पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेल (लो–ल्याण्ड ट्रेक), साँगा–पनौती हाइक (कम्युनिटी हाइक), गुर्दुम–महाभारत पदयात्रा, माउण्टेन बाइक (फुल्चोकी वरिपरि), बर्ड वाचिङ (चराको दृष्यावलोकन), योग रिट्रिट, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा–मेला अवलोकन भ्रमण गर्नुपर्ने जनाइएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय