latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

छ महिनादेखि प्रयोगविहीन डायलासिस मेशिन
कैलालीको सेती प्रादेशिक अस्पतामा मिर्गौला रोगीको डायलाइसिस गर्ने सातवटा नयाँ मेशिन ६ महिनादेखि थन्क्याएर राखिएका छन् ।

आपूर्तिकर्तालाई मेशिनको रकम भुक्तानी नहुँदा जडान कार्य हुन नसकेपछि ती मेशिन अस्पताल भवनको सिँढीमुनि थन्क्याएर राखिएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डायलाइसिस गर्ने मेशिन खरिदका लागि अस्पताललाई गत जेठमै बजेटको सुनिश्चितता दिएपनि भुक्तानीका लागि बजेट नपठाउँदा मेशिन हस्तान्तरण नभएको अस्पतालले जनाएको छ ।

सङ्घले बजेट निकासा नदिएकाले मेशिन हस्तान्तरण नभई प्रयोगमा ल्याउन नसकिएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले बताउनुभयो । आपूर्तिकर्तालाई ती मेशिनको रकम भुक्तानी बारम्बार आग्रह गर्दै आए पनि सङ्घले बजेट पठाउन ढिलो गरेको उहाँको भनाइ छ ।

सातवटा मेशिन खरिद गर्न जेएस मेडिहेल्थ कन्सर्न भक्तपुरसँग अस्पतालले रु एक करोड ४६ लाखमा गत असारमा सम्झौता गरेको थियो । खरिद सम्झौतापश्चात् जेएस मेडिहेल्थ कन्सर्नले गत असोजमा मेशिन ल्याएर राखेको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरमा बेला कोरोना सङ्क्रमित मिर्गाैलापीडितको डायलाइसिस गर्न भएको समस्यालाई दृष्टिगत गर्दै सरकारले मेशिन खरिदका लागि अनुमति दिएको जनाइएको छ ।

डायलाइसिस सेवा दिनका लागि नर्स, चिकित्सक, मेशिनसम्बन्धी विज्ञ, सरसफाइ कर्मचारीलगायत थुप्रै जनशक्ति आवश्यक पर्ने भएकाले प्रदेश सरकारसँग माग गरिएको सुपरिटेन्डेन्ट डा पाण्डेले जानकारी दिनुभयो । महिनौँसम्म मेशिन थन्किँदा यस क्षेत्रका मिर्गाैला रोगपीडितले भने सहज रुपमा डायलासिस सेवा पाउन सकेका छैनन् । सेती प्रादेशिक अस्पतालले केही महिनाअघिबाट दुईवटा मेशिनबाट आकस्मिक कक्षमा भर्ना हुने बिरामीलाई डायलाइसिस सेवा दिइरहेको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय