latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

लागूऔषध अफिमसहित महिला पक्राउ
अवैध लागूऔषध अफिमसहित एक महिलालाई सशस्त्र प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ का ४० वर्षीया रीनादेवी राम (दलित) रहेको सशस्त्र प्रहरी बल १३ नं गणले जनाएको छ ।

प्राप्त सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–५ भेडियाहीबाट अवैध रुपमा लुकीछिपी भारततर्फ लैजाँदै गरेको अवस्थामा ती महिलालाई तीन किलोग्राम अफिमसहित पक्राउ गरिएको गणका गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

पक्राउ परेका महिलालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको पनि उहाँले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय