latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

भ्रमको तुवाँलो हटाउन समाजवादी प्रेसले भूमिका खेल्नुपर्छ ः नेता खनाल
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जनता र राष्ट्रका विरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको खण्डन गर्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । राजधानीमा सुरु भएको समाजवादी प्रेस सङ्गठनको पहिलो विस्तारित बैठकलाई सम्बोधन गर्र्दै उहाँले भ्रमपूर्ण सूचनाको खण्डन गरी भ्रमको तुवाँलो हटाउन भूमिका खेल्न आग्रह गर्नुभयो ।

“प्रेसले दक्षिणपन्थी अवसरवादको खण्डन गर्नुपर्छ, दक्षिणपन्थीले लिएका नीति, विचार, कार्यक्रम र कार्यदिशाको खण्डन गर्न सक्नुपर्छ,” उहाँले भन्नुभयो, “व्यक्तिगत आचरणका बारेमा होइन, नीतिगत खण्डन गरेर जनतलाई सुसूचित गर्न लाग्नुपर्छ ।” वामपन्थी एकता निर्माण गर्ने काममा प्रेसको भूमिका अपरिहार्य रहेको बताउँदै उहाँले सच्चा कम्युनिष्टबीच कार्यगत एकता हुन सक्ने सम्भावना औँल्याउनुभयो ।

“कम्युनिष्टको खोल ओढ्ने बित्तिकै कम्युनिष्ट भइँदैन, माक्र्सवाद लेनीनवादलाई मार्गदर्शन सिद्धान्त मान्ने, समाजवादी क्रान्तिको लक्ष्य लिने र दलाल पूँजीवाद र नवउपनिवेशवादको विरोध गर्न सक्ने मात्र कम्युनिष्ट हुन सक्छन्,” नेता खनालले भन्नुभयो, “यी शक्तिहरुबीच कार्यगत एकता हुन सक्छ ।” उहाँले विभिन्न कम्युनिष्टसँग एकता गर्ने आधार तयार गर्न सूचना दिने र विचार प्रवाह गर्ने काम प्रेसले गर्नुपर्छ भन्नुभयो ।

बैठकमा नेता खनालले नेकपा (एमाले) दक्षिणपन्थी अवसरवादबाट ग्रस्त रहेको आरोप लगाउँनुभयो । “कम्युनिष्ट पार्टीको जनमत विभाजित भयो, संविधानसभाबाट निर्मित संविधानमाथि प्रहार भयो, खोक्रो राष्ट्रवादको नारा देखाइयो,” उहाँले भन्नुभयो । उहाँले नेपाली समाजको चरित्र पहिचान गर्न नसक्ने पार्टीबाट मुलुकको समृद्धि सम्भव नभएको ठोकुवा गर्नुभयो ।

नेता खनालले नेपालका मित्र राष्ट्रहरु रुस र युक्रेनले आपसी समझदारीबाट विवादको समाधान खोज्नुपर्ने बताउनुभएको छ । दुई मुलुक आपसी द्वन्द्वमा रहेको अवस्थामा बाँकी विश्वले एकार्कालाई उक्साउने नभई मध्यस्थताको वातावरण बनाउनुपर्ने उहाँको भनाइ थियो । “रुस र युक्रेन नेपालका मित्रराष्ट्र हुन्, उनीहरुबीच आपसी युद्ध भड्काउन कसैले पनि उक्साउन हुँदैन,” उहाँले भन्नुभयो ।

कार्यक्रममा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रेस सङ्गठन श्रमजीवी पत्रकारको हकहितमा समर्पित हुनुपर्ने र प्रगतिशील पत्रकारलाई सङ्गठित गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । सापेक्ष, सार्थक, जनपक्षीय पत्रकारिता गर्दै जनताको पक्षमा आपूmलाई समर्पित र वकालत गर्नुपर्ने उहाँले बताउनुभयो ।

पार्टीको प्रचार विभागका उपप्रमुख बालकृष्ण चापागाईंले पार्टीले लिएको सही विचार र नीतिलाई जनतमाझ लैजान प्रेस सङ्गठन अगाडि बढ्नुपर्ने बताउनुभयो । पार्टीका केन्द्रीय सदस्य सविना भट्टराई र अशिष घिमिरेले श्रमजीवीका सवालमा पत्रकारले कलम चलाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय