latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

समाजवादी प्रेस सङ्गठनको विस्तारित बैठक राजधानीमा सुरु
प्रगतिशील श्रमजीवी पत्रकारको सङ्गठन समाजवादी प्रेस सङ्गठन, नेपालको प्रथम विस्तारित बैठक आजदेखि राजधानीमा सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकको नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले उद्घाटन गर्नुभयो ।

बैठकमा सङ्गठनका केन्द्रीय पदाधिकारीसहित सदस्य, प्रदेश इन्चार्ज, जिल्ला अध्यक्ष, उपाध्यक्ष, पूर्वअध्यक्षलगायत ३०० भन्दा बढीको सहभागिता रहेको छ । बैठकमा अध्यक्ष तथा महासचिवको साङ्गठनिक प्रतिवेदन पेस हुनेछन् । उद्घाटन सत्र सकिएलगत्तै अहिले बन्दसत्र चलिरहेको छ ।

सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले दशकौँको परिश्रमबाट निर्माण गरिएको एउटा धरोहर क्षतविक्षत हुन पुगेपछि फेरि नयाँ धारमा समाहित हुने उद्देश्यअनुरुप समाजवादी प्रेस सङ्ठगन स्थापना गरी सुदृढीकरण अभियानमा लागिएको बताउनुभयो ।

समाजवादी प्रेस सङ्गठन, नेपालको केन्द्रीय समिति बनेको पाँच महिनामा सङ्गठनलाई देशका ४० भन्दा जिल्लामा विस्तार गरिएको उहाँले जानकारी दिनुभयो । सातै प्रदेश र केन्द्रीय तहमा सङ्गठनलाई चलायमान बनाउन आवश्यक सबै विभागको गठन गरिसकिएको उहाँको भनाइ छ ।

देशभर १० हजारभन्दा बढी पत्रकार, झन्डै ६०० प्रसारण संस्था, २०० जति मूल प्रवाहका अनलाइन र त्यत्तिकै सङ्ख्यामा सञ्चालित छापा माध्यममा आबद्ध पत्रकारको हकहित, पेसागत सुरक्षा, वृत्तिविकास र सम्मानपूर्ण जीविकाको पक्षमा सङ्गठन क्रियाशील रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय