latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

सशस्त्र प्रहरीद्वारा सीमा नाकामा उच्च निगरानी
सशस्त्र प्रहरी बल पर्साले भारतसँग सीमा जोडिएका पर्साका सबै नाकामा उच्च निगरानी थालेको छ ।

आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पर्साका सबै सीमा नाकामा निगरानी बढाएको सशस्त्र प्रहरी बल १३ नम्वर गणका गणपति तेजप्रसाद पोखरेलले बताउनुभयो । उहाँले सीमा क्षेत्रमा हुने विविध आपराधिक क्रियाकलापको न्यूनीकरणका लागि सीमा क्षेत्रमा उच्च निगरानी थालिएको बताउनुभयो ।

“मातहतका सबै युनिटलाई आवश्यकताअनुसार परिचालन गरी सबै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ” गणका प्रमुख एवम् सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले भन्नुभयो, “सीमित स्रोतसाधन र जनशक्तिलाई पूर्ण रुपमा सदुपयोग गरी सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ ।” सो गणअन्तर्गत जिल्लामा पाँच सुरक्षा बेस क्याम्प, १७ सीमा सुरक्षा पोष्ट (बिओपी ) र तीनवटा सीमा निगरानी पोष्ट (एफओवी) रहेका छन् ।

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप तथा हातहतियार ओसारपोसार नियन्त्रण गर्ने मुख्य योजना रहेको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलको भनाइ छ ।

रु २५ लाख बराबरको मालसामान नियन्त्रणमा

सशस्त्र प्रहरी बलको टोलीले विनाभन्सार नेपाल भित्र्याइएको रु १७ लाख मूल्य बराबरका विभिन्न मालसामानसहित एउटा ट्रकलाई नियन्त्रण लिएको छ ।

वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको ना७ख ३४१० नं को ट्रक र उक्त ट्रकमा लोड भएका प्लास्टिकको झोला, कपडा, भुजा, मेसिनरी र किरानालगायत सामान सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको सशस्त्र प्रहरी बल १३ नं गण पर्साले जनाएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय