latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

हुलाकी राजमार्गको दुर्दशाः दुई वर्षमा २० प्रतिशत काम
मोरङमा हुलाकी राजमार्ग निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ । हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा जनताले सास्ती पाएका छन् । निर्माण व्यवसायीको हेलचेक््रयाइँले सो सडक अलपत्र परेको हो ।

सडक निर्माण योजनामा ढिलासुस्ती हुँदा यहाँका नागरिक निराश बनेका छन् । अहिलेसम्म सो सडकको भौतिक प्रगति २० प्रतिशत मात्र भएको बताइएको छ । मोरङको रतुवाखोलादेखि विराटनगर महानगरपालिकाको केशलिया खोलासम्मको ४४ किलोमिटर हुलाकी राजमार्गको प्रगति दुई वर्ष पाँच महिनामा २० प्रतिशत मात्र पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना निर्माणका लागि प्राप्त बजेटमध्ये ८० प्रतिशत खर्च भइसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले जनाएको छ ।

विसं २०७६ कात्तिकमा चार लेन सडक निर्माण गर्ने ठेक्का समझौता भएको थियो । सो आयोजनाको निर्माण कार्य विसं २०७९ कात्तिक २३ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्ले छ । मोरङको ४४ किलोमिटरमध्ये अहिलेसम्म चार दशमलव पाँच किलोमिटर मात्र कालोपत्र भएको छ भने सडकको दायाँबायाँ नाला निर्माण गर्ने काम भइरहेको छ । बजेटको अभावमा कामले गति लिन नसकेको योजना प्रमुख विजयकुमार थापाले बताउनुभयो ।

सो सडकमा हालसम्म साढे चार किलोमिटर कालोपत्र, १० किलोमिटर सडकमा माटो भर्ने तथा ३० प्रतिशत पूर्वाधार र सात दशमलव पाँच किलोमिटर सबबेसको काम भएको छ । कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले आफ्नो पालिकामा ठेक्का पाएका निर्माण कम्पनीले समयमा काम नगर्दा हुलाकी सडक विस्तारले गति लिन नसकेको बताउनुभयो । सडक निर्माण पूरा नहुँदा यस सडक हुँदै यात्रा गर्ने सर्वसाधारण दुर्घटनाको जोखिममा पर्नुका साथै धुल्लामे हुँदै आएको छ । यात्रा कष्टकर बनेको उहाँको भनाइ छ ।

ठेकेदार कम्पनीले ठेक्का लिएको दुई बितिसक्दा पनि २० प्रतिशत कामसमेत नभएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । उक्त सडक सुक्खा याममा धुलाम्मे तथा सामान्य पानी पर्दा पैदलसमेत हिँड्न नसक्ने गरी हिलाम्मे हुने गरेको छ । विराटनगर–रङ्गेली सडकखण्डमा कल्भर्ट बनाउन भत्काइएका सडक धुलाम्ये, खाल्डाखुल्डी बनेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या हुने गरेको छ भने कामको प्रभावकारी अनुगमन हुन नसक्दा ढिलासुस्ती भइरहेको स्थानीयवासी उद्धव कोइरालाको गुनासो छ ।

पूर्व–पश्चिम राजमार्गको वैकल्पिक सडकका रुपमा रहेको मोरङको हुलाकी सडकमा पाँचवटा निर्माण कम्पनीले काम गरिरहेका छन् । कालिका कन्स्ट्रक्शनले ठेक्का लिएको सडकमा ६० प्रतिशत काम भएको छ भने बाँकी चारवटा ठेकेदार कम्पनीहरुको कामको प्रगति २० प्रतिशत मात्र रहेको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय