latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

अघि बढ्यो म्रिस्ट्रीखोला दोस्रो
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १२ मेगावाट क्षमताको म्रिस्ट्रीखोला दोस्रो जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढेको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गत वर्ष ४२ मेगावाट क्षमताको म्रिस्ट्रीखोला पहिलो जलविद्युत् आयोजना बनाएको माउन्टेन इनर्जी नेपाल लिमिटेडले सोही आयोजनाको विद्युत्गृहबाट निस्कने पानीबाट अर्को आयोजना बनाउने तयारी गरेको हो । सर्वेक्षण सकिएको आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने क्रममा रहेको परामर्शदाता संस्था इन्भाइरोमेन्टल पार्टनर्स प्रालिका शङ्कर बस्यालले बताउनुभयो । “म्रिस्ट्रीखोलाको विद्युत्गृहबाट निस्कने पानीलाई पाइपलाइन र सुरुङमार्फत घारखोला नजिकैमा निर्माण हुने भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्न लागिएको हो,” उहाँले भन्नुभयो ।

म्रिस्ट्रीखोलाको विद्युत्गृहदेखि पाउद्वार तातोपानी कुण्डभन्दा तलसम्म एक किलोमिटर हेडरेस कल्भर्ट र त्यहाँबाट दुई किलोमिटर ८८.२९ मिटर लामो सुरुङबाट ल्याएको पानी ७३.३७ मिटर उचाइको आउटलेटबाट विद्युत्गृहमा खसालिनेछ । पहाडभित्र भूमिगत विद्युत्गृह बनाइने आयोजनाबाट वार्षिक ६६.४३ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । कूल रु दुई अरब १४ करोड ८३ लाख लागत अनुमान गरिएको आयोजना निर्माण अवधि तीन वर्षको हुनेछ । लागतका हिसाबले यो आयोजना सस्तो हुने माउन्टेन इनर्जीका प्रतिनिधि राजेन्द्र शर्माले बताउनुभयो ।

शर्माले तातोपानी कुण्डलाई असर नहोस् भनेर सुरुङको विकल्प खोजिएको बताउनुभयो । कालीगण्डकी किनार नजिकैबाट घट्टखोलाको पानी पनि म्रिस्ट्रीखोला–२ को सुरुङमा मिसाइने भएकाले नारच्याङको सिँचाइ तथा खानेपानीमा असर नपुग्ने उहाँले बताउनुभयो । अन्नपूर्ण गाउँपालिका–४, ५, ३ र २ नम्बर वडा आयोजनाबाट प्रभावित हुनेछन् । पाउद्वार तातोपानी कुण्ड संरक्षणका लागि रु २५ लाखसहित आयोजना निर्माणका क्रममा हुने वातावरणीय असर न्यूनीकरणका लागि रु ७८ लाख विनियोजन भएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय