latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

आगलागीबाट ५० लाख क्षति
दोलखा कालिन्चोक गाउँपालिका–५ लापिलाङमा आज बिहान भएको आगलागीबाट विकास थापा, कृृष्णबहादुर थापा र ईश्वर थापाको घर जलेर पूर्ण रुपमा नष्ट भएको वडाध्यक्ष सुवास थामीले बताउनुभयो ।

खाना पकाउन बालिएको ठाउँबाट सल्किएको आगोले भूकम्पपछि पूर्ण निर्माण गरिएको तीनवटै घर र सामग्री जलेर नष्ट भएको छ । भीमेश्वर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो । बाक्लो गाउँ भएको र घरहरुसँगै जोडिएर निर्माण गरिएकाले एक घरमा सल्किएको आगोले अन्य घरसमेत जलेर नष्ट भएको छ ।

आगलागीबाट तीनवटा घरसहित घरमा भएको सामग्रीहरु जलेर करिब ५० लाखभन्दा बढीको क्षति भएको वडाध्यक्ष थामीले बताउनुभयो । –––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय