latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

जङ्गली सुँगुरले खेतीबाली नष्ट
जङ्गली सुँगुरले खेतीबाली नोक्सान गर्दा महोत्तरीको जलेश्वर नगरपालिकाका किसान हैरान भएका छन् । नगरपालिका विभिन्न वडामा अचानक देखापरेको सुँगुरको समूहले खेतबारीमा लगाइएको दलहन, तेलहनबाली, उखु, फलफूल र तरकारी बालीलाई क्षति पु¥याइरहेका कारण स्थानीय किसान मर्कामा परेका छन् ।

नगरपालिका–६ मा १५÷२० बिघाभन्दा बढीमा लगाइएको गहुँको जरा काटिदिने, बीचबाट बोट काटिदिने गर्नाले अधिकांश गहुँ नष्ट भएको स्थानीय किसान गणेश साहले बताउनुभयो । त्यस्तै ५०÷६० बिघामा लगाइएको मसुरो, आलस, रहर, तोरी र आलु, लौका, फर्सी, बोडी, भिन्डी, टमाटरलगायत विभिन्न किसिमको तरकारी बाली तथा तरबुजा, काँक्रो, केरा लगायतका फलफूलहरु खाइदिने तथा जथाभावी रुपमा खेतबारी खनेर क्षति पु¥याउने गरेको स्थानीय किसान रामएकवाल साहले बताउनुभयो । लखेटन जाँदा सुँगुर तीव्र गतिमा मानिसतिरै आउनाले किसानलाई त्रसित बनाउने गरेको जलेश्वर नगरपालिका– ७ का किसान बिरजु महतोले बताउनुभयो । यसको नियन्त्रण तथा क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेका किसानलाई वन कार्यालयमा जान भनिएको र वन कार्यालयले प्रक्रिया पुरा गर्नुपर्ने सुझाव दिएको बताइएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय