latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

किसानको प्रश्न ः अनुदानको अनुगमन हुँदैन र ?
जिल्लाको ताराखोला गाउँपालिकाका किसानले सरकारले दिने अनुदानको अनुगमन नहुँदा दुरुपयोग भइरहेको गुनासो गर्न थालेका छन् । कागजी प्रक्रिया पूरा गरेर किसानका नाममा अनुदान लिनेले व्यवसाय गरे नगरेको अनुगमन गर्नुपर्ने उनीहरुको माग छ ।

अनुदान दिएपछि किसानले व्यवसाय गरे÷नगरेको खोजी सरकारले गर्नुपर्ने किसानहरु बताउँछन् । गाउँपालिकामा स्थानीय तहले दिएको अनुदानभन्दा सङ्घीय र प्रदेशका कार्यक्रममा दुरुपयोग धेरै भएको किसानहरुको आरोप छ । “यहाँ काम गरेका किसानले अनुदान पाएका छैनन्, कागज पु¥याउनेहरु अनुदानको पोको पारेर हिँडे,” ताराखोला गाउँपालिका–५ करिमेलाका तारा कँडेलले भन्नुभयो, “सरकार अनुगमन हुनुप¥यो, काम नगर्नेको अनुदान फिर्ता गराउनुप¥यो ।”

करिमेलाकै ज्ञानी थापाले पनि किसानको नाममा अनुदान पाएकाले कृषियन्त्र तथा उपकरण घरमा थन्क्याएर बसेको आरोप लगाउनुभयो । उहाँले सरकारी ढुकुटीबाट अनुदान दिने निकायले नियमित अनुगमन गर्नुपर्ने बताउनुभयो । ताराखोला मिडिया प्रालिले ताराखोला गाउँपालिकाले दोस्रो चौमासिकमा गरेका काम कारबाही विषयमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा किसानले गाउँपालिकाको ध्यानाकर्षण गराएका थिए । उनीहरुले दुरुपयोग भएको अनुदान रकम तथा सामग्रीहरु फिर्ता गर्नुपर्ने माग गरे ।

गाउँपालिकाले भने आफ्ना कार्यक्रमहरुमा दुरुपयोग नभएको दाबी गरेको छ । निर्धारित कार्याविधिका आधारमा प्रक्रिया पुगेका किसानले मात्रै अनुदान पाउने र स्थलगत अनुगमनपछि मात्रै अनुदान दिने गरेको गाउँपालिकाको कृषि शाखाका प्रमुख कर्णखर भट्टराईले बताउनुभयो । “हामीले निरन्तर अनुगमन गरिरहेकै छौँ, विधि नपुगेकाले अनुदान पाएका छैनन्, काम गरेको हेरेर मात्रै अनुदान स्वीकृत हुन्छ,” उहाँले भन्नुभयो । एकाध किसानले अनुदान पाएपछि पेसा नै परिवर्तन गर्ने गरेका कारण राम्रो काम गर्ने किसानका सवालमा समेत प्रश्नहरु उठ्ने गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको पशु शाखाका प्रमुख चिन्तामणि शर्माले गाउँपालिकाको नीति उत्पादनमा जोड दिने भएकाले अनुदानको सदुपयोग नगरेकालाई समेत कामका लागि प्रोत्साहन गरिने बताउनुभयो । अनुदान फिर्ता हुनुपर्ने किसानको मागअनुसार फिर्ता गर्न सकिने कानुन नरहेको भन्दै उहाँले अनुदान दुरुपयोग भएमा कारबाही प्रक्रियामा जानुपर्ने बताउनुभयो ।

भवन र सडकका काममा स्थानीयवासीको विवाद रहेका कारण तत्काल काम थाल्न नसकिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले सर्वसाधारणको हित हुनेगरी गाउँपालिकाका काम भइरहेको बताउनुभयो । –––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय