latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

अस्पताल सुधारका लागि पहल गर्छु ः मन्त्री कार्की
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इनरुवास्थित सुनसरी जिल्ला अस्पताल सुधारका लागि आफूले सहयोग र पहलसमेत गर्ने बताउनुभएको छ ।

आज बिहान अस्पताल अनुगमनपछि रासससँगको कुराकानीमा उहाँले अब भाषण मात्र गरेर नहुने र त्यसलाई व्यवहारमै उतार्ने गरी काम गर्ने पनि जानकारी दिनुभयोे ।

सबैभन्दा पुरानो अस्पतालका रुपमा जिल्ला अस्पताल भए पनि विकासका कारण पछि परेकाले अब यसलाई परिणाममुखी बनाउन आफूले सक्दो सहयोग गर्ने मन्त्री कार्कीको भनाइ थियो ।

कोरोना महामारीका बेलामा अस्पतालमा भएका जनशक्तिले महामारी नियन्त्रण गर्न र कोरोनाबाट सङ्क्रमित भएका बिरामीको उपचार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकामा उहाँले आभार व्यक्त गर्नुभयो ।
गुणस्तरीय स्वास्थ्य सेवा दिनु सबैको साझा कर्तव्य भएको उल्लेख गर्दै मन्त्री कार्कीले अस्पतालको विस्तार र यसलाई गुणस्तरीय बनाएर यो क्षेत्रको एउटा अग्रणी अस्पतालको रुपमा स्थापित गर्नका लागि सबै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा मन्त्री कार्कीले उक्त अस्पतालको आइसियु तथा कोरोना उपचार सामग्री खरिद गर्नका लागि रु एक करोड ५० लाख सहयोग गर्नुभएको मेडिकल सुपरिटेन्डेन्ट डा देवराज घिमिरेले बताउनुभयो ।

कार्यक्रममा पूर्वराज्यमन्त्री तथा सङ्घीय सांसद सीताराम मेहता, प्रदेश सांसद ज्योति सुब्बा, अस्पताल विकास समितिका अध्यक्ष गोपाल राजभण्डारी, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीलगायतको सहभागिता थियो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय