latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

आँधीखोला गाउँपालिकाद्वारा प्रतीक चिह्न (लोगो) सार्वजनिक
स्याङ्जाको आँधीखोला गाउँपालिकाले शुक्रबार आफ्नो पहिचानसहितको प्रतीक चिह्न (लोगो) सार्वजनिक गरेको छ ।

पालिकाभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक महत्वका क्षेत्रलाई समेटेर निर्माण गरिएको लोगोको गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौड्यालले सार्वजनिक गर्नुभएको हो ।

“गाउँपालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व झल्कने क्षेत्र तथा सम्पदाहरुलाई लोगोभित्र अङ्कित गरेका छौँ”, उहाँले भन्नुभयो, “यस लोगोले गाउँपालिकाको छुट्टै पहिचान दिनेछ ।” गाउँपालिकाले निर्माण गरेको लोगोको माथिल्लो भागमा गाउँपालिकाको नाम र सो नामको बीचमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । तल्लो भागमा रिबन राखिएको छ र त्यसमा गाउँपालिकाको ठेगाना उल्लेख छ । रिबनसँग जोडेर दुवैतर्फ धानको बाला राखिएको छ ।

उदाउँदै गरेको सूर्यसहित हरियाली डाँडाकाँडा तथा बोट वृक्षले गाउँपालिकाको प्राकृतिक सौन्दर्यलाई चित्रण गर्न खोजिएको छ । दक्षिण एशियाकै पहिलो सामुदायिक घरबास (होमस्टे) सिरुबारी र श्रवकुमार तथा अन्धाअन्धी दहलाई पनि लोगोमा समेटिएको अध्यक्ष पौड्यालले बताउनुभयो । श्रवणकुमारका अन्धाअन्धी बुबाआमाको आँसुबाट बनेको अन्धाअन्धी दह र सोही दहबाट उत्पत्ति भएको आँधीखोलालाई पनि समेटिएको छ । कृषि क्षेत्रसँगै लैङ्गिक समानता, एकता, समन्वय र सहकार्यलाई झल्काउन खोजिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका सबै क्षेत्रलाई साङ्केतिकरुपमा समेटेर गाउँपालिकाको पहिचान झल्कने गरी लोगो निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष शर्मिला पौड्यालले बताउनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय