latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

अठार सङ्क्रमित थपिए
देशभर पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ३४२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ३०९ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ४० हजार १०५ रहेको छ । पछिल्लो समय थप २७१ सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६४ हजार ३९८ पुगेको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । त्यसैगरी पछिल्लो समय ६४ हजार ३४७ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९६० रहेको छ । अहिले होम आइसोलेशनमा एक हजार हजार ९१६ रहेका छन् । त्यसैगरी संस्थागत आईसोलेसनमा ४४ आइसीयुमा २१ र भेन्टिलेटरमा दुई जनाले उपचार गराइरहेका छन् ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय