latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

पूर्ण नभए आंशिक तालमेल हुन्छ, गठबन्धन टुट्दैन : प्रवक्ता खतिवडा
नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनभित्र पूर्ण तालमेल नभए आंशिक तालमेल हुने बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले भन्नुभयो, ‘‘हामी गठबन्धनमा आवद्ध सबै दलबीच तालमेल गर्ने प्रयास गरिरहेका छाँैं, कांग्रेसभित्र दुई थरी विचार रहेकाले तालमेल नहुन पनि सक्छ ।”

यस्तो अवस्थामा (नेकपा माओवादी) केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच तालमेल हुने उहाँको भनाइ थियो । कांग्रेससँग चुनावी तालमेल नभए पनि राजनीतिक गठबन्धन नटुट्ने खतिवडाले बताउनुभयो । राष्ट्रियताको रक्षाका लागि, प्रतिगमनकारी षड्यन्त्रविरुद्ध र लोकतान्त्रिक एकताका लागि गठबन्धनलाई कायम राखेर अघि बढ्नुपर्नेमा गठबन्धन दलहरु एकमत रहेको उहाँले बताउनुभयो ।

चुनावी परिणामको डरले नभइ मुलुकलाई अझै केही समय सहकार्यको संस्कृतिमा हिँडाउनुपर्ने परिस्थितिका कारण आफुहरु गठबन्धनमा जोड दिइरहेको उल्लेख गर्दै खतिवडाले राष्ट्रियताका पक्षधर जुनसुकै शक्तिसँग आफूहरु सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो । प्रवक्ता खतिवडाले घोषणापत्र तयार गर्ने काम भइरहेकाले केही दिनभित्रै पार्टीले जारी गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय