latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

आयोगको पारदर्शिता र निष्पक्षतालाई बलियो बनाउनुपर्छ – प्रदेश प्रमुख
गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले लोकसेवा आयोगले आफ्नो पारदर्शिता र निष्पक्षतालाई अझै बलियो बनाउँदै लैजानुपर्ने बताउनुभएको छ ।गण्डकी प्रदेश लोकसेवा आयोगको आज पोखरामा आयोजित प्रथम वार्षिकोत्सव समारोह शुभारम्भ गर्दै उहाँले आयोगले अवलम्बन गरेको योग्यता, निष्पक्षता र स्वच्छताको आधारमा प्रतिस्पर्धात्मक परीक्षाबाट योग्य व्यक्तिको छनोट हुन्छ भन्ने विश्वास नागरिकमा रहेकाले यसमा अझै उचाइ बढाउन प्रादेशिक आयोग सफल हुने अपेक्षा गर्नुभयो ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयतालाई चिनाउन यस आयोगको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सुशासनका लागि सक्षम, सवल कर्मचारीतन्त्र आयोगले उपलब्ध गराउने छ भन्नुभयो ।

प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले आयोग स्थापनाको एकवर्षे समयावधिमा भएका कामकारबाही प्रशंसनीय भएको बताउनुभयो ।प्रमुख प्रतिपक्षी दलका नेता पृथ्वीसुब्बा गुरुङले आयोगको एक वर्ष उपलब्धिपूर्ण रहेको बताउँदै आगामी दिनमा प्रदेशमा आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउनका लागि आयोग सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीले सङ्घीय निजामती ऐन बन्न नसक्दा समस्या भएको बताउनुभयो । आयोगको भूमिकालाई अझै प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।आयोगका प्रादेशिक अध्यक्ष विष्णुप्रसाद नेपालले निष्पक्षता, पारदर्शितालगायत विषयमा आयोग प्रतिबद्ध भएको बताउनुभयो ।

कार्यक्रममा आयोगका सदस्यद्वय योगेन्द्र गौचन र कल्पना लम्साल, प्रदेश लोकसेवा आयोग प्रदेश नं १ का अध्यक्ष उत्तमकुमार भट्टराईलगायतले आयोगको भूमिकालाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा वर्ष उत्कृष्ट कर्मचारीका रुपमा शाखा अधिकृत सन्दीप ढुङ्गानालाई सम्मान गरिनाका साथै आयोगको स्मारिका लोकार्पण गरिएको थियो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय