latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

समाज रुपान्तरण र राष्ट्रियताका पक्षमा लाग्न लेखकहरूबाट आह्वान
प्रगतिशील लेखकहरूले आफूहरूबीच वैचारिक मतभेद भए पनि समाज रुपान्तरण र राष्ट्रियताका पक्षमा एकजुट हुनुपर्नेमा जोड दिएका छन् । प्रगतिशील लेखक सङ्घ नेपाल, काठमाडौँको पाँचौँ अधिवेशन उद्घाटनका अवसरमा प्रलेसका नेतृत्वदायी व्यक्तित्वहरूले दार्शनिक, वैचारिक एवं राजनीतिक रूपले आफूहरू बेग्लाबेग्लै सङ्गठनमा रहे पनि सामन्तवाद र साम्राज्यवादका विरुद्ध सशक्त आन्दोलन उठाउनुपर्ने बताउनुभयो ।

सो अवसरमा प्रलेसका केन्द्रीय अध्यक्ष जीवेन्द्रदेव गिरीले प्रवासमा बसेर, प्रताडना सहेर र ज्यान जोखिममा राखेर पनि पुष्पलाल, श्यामप्रसाद, युद्धप्रसाद मिश्र, पारिजात, केवलपुरे किसान, जनकप्रसाद हुमागाईँ, गोविन्द भट्ट, आनन्ददेव भट्ट, रमेश विकल, कृष्णसेन इच्छुक आदिले मुलुकको प्रगतिशील–वामपन्थी आन्दोलन अगाडि बढाएकाले यसमा बुद्धिजीवीलगायतको विशाल पङ्क्ति रहेको जिकिर गर्दै सङ्कटकाल, कोरोना महामारी र अन्य अप्ठेरा परिस्थितिमा पनि संस्था उत्साहपूर्ण ढङ्गले अगाडि बढिरहेको बताउनुभयो । “प्रलेस जस्ता संस्थाले वर्गीय शोषण, नारी र दलित उत्पीडनविरुद्ध उभिँदै गाउँगाउँमा चेतना छर्न सकेकाले नेपालको संविधानमा समाजवादोन्मुख राज्य जस्तो शब्दावली राख्न सफल भयौँ”, उहाँले भन्नुभयो ।

सो अवसरमा प्राज्ञ प्रा डा हेमनाथ पौडेल, प्रलेसका महासचिव समिर सिंह तथा सल्लाहकार मातृका पोखरेल, वासुदेव अधिकारी र डा पुष्करराज भट्ट, प्रलेस वाग्मती इञ्चार्ज मधु क्षेत्री र अध्यक्ष जगत् रेग्मी, प्रलेस काठमाडौँका अध्यक्ष कौशिला रिसाल र सदस्य ज्ञानु विद्रोहीले आपसी मतभेद बिर्सी वैचारिक संयुक्त आन्दोलन अघि बढाउन आह्वान गर्नुभयो । उद्घाटनका अवसरमा देवु लुइँटेललगायतको संयोजकत्वमा प्रकाशित ‘काठमाडौँ प्रलेस’ पूर्णाङ्क चार पत्रिका विमोचन गरिएको थियो । प्रलेसको वाग्मती सम्मेलन शनिबार र नयाँ नेतृत्व चयनका लागि आगामी राष्ट्रिय सम्मेलन चैत २५ र २६ गते काठमाडौँमा हुँदैछ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय